back
NMB ad

मुख्यमन्त्री पौडेलद्वारा स्थानीय तहका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स, के-के भए कुराकानी ?

Kumari bank ad

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ ।

बुधबार स्थानिय तहका प्रमुखहरुसंग भिडियो कन्फ्रेनसमार्फत कुरागर्दै मुख्यमन्त्री पौडेलले तयारीका लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नुनपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले कोरोना विरुद्ध मापदण्ड अनुसार दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिकाका प्रमुख, कमलामाई नगरपालिकाका प्रमुख, रसुवाको गोसाईकुण्ड गाउँपालिकाका प्रमुख तथा सिन्धुपाल्चाकको भोटेकोशी गाउँपालिकाका प्रमुखहरुसंग भिडियो कन्फेरेन्स मार्फत कुराकानी गर्नुभएको हो ।

उहाँले भन्नुभयो “स्थानीय सरकारसंग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ , अहिले जे आवश्यकता हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो, यो महामारीबाट उम्कन सकियो भने अन्य काम हुँदै जान्छ ।” माहामारी नियन्त्रणका लागि सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादन कार्य गर्न समस्या भए स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गर्नुभयो ।

यसैगरी मुख्यमन्त्री पौडेलले लकडाउनको अवधिमा किसानहरुलाई चाहिने मल, बिउबिजन उपलब्ध गराउने बताउनुभयो । उहाँले कोरोना विरुद्ध मापदण्ड अनुसार दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।

पौडेलले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्ने तर्फ सचेत हुन अनुरोध गर्नुभयो । लकडाउन शुरु भएको पर्सिपल्टबाटै राहत बाड्न थाल्नु र त्यसमा समेत अनावश्यक प्रतिस्पर्धा देखिनु राम्रो संकेत नभएको उल्लेख गर्नुभयो ।

उहाँले लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको बताउनुभयो । कोरोनाको माहामारी फैलन नदिन लकडाउन बाहेक कुनैपनि विकल्प नभएकोले भावनामा बगेर यस बाहेको अन्य विकल्प ज्न तिर लाग्नु नहुने भएकोले कोरोनालाई नेपालमा माहामारीको रुपमा आउन नदिन निर्मम भएर लकडाउनको कार्यान्वयन गरिनुपर्ने उहाँको भनाई थियो ।

पौडेलले मंगलबार मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख , चितवनको रत्ननगर नगरपालिका प्रमुख, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख , धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख र दोलखाको भिमेश्वर नगरपालिका प्रमुखसंग पनि भिडियो कुराकानी गर्नुभएको थियो ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १८:४८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...