back
NMB ad

कोरोना महामारी : कर्मचारी कटौती हुने !

Kumari bank ad

काठमाडौं । युनाइटेड एयरलाइन्स होल्डिङ्स् इन्क (यूएएलओ) ले मेमा हुने उडानमा ९० प्रतिशत कटौती गरेको बताएको छ । कोरोना भाइरसको महामारीका कारण यही दरमा जुनमा समेत उडान कटौती हुने अपेक्षा गरिएको छ ।

यात्रुको संख्या करिब शून्य प्रायस् रहेको र तत्कालै यसमा सुधार हुने कुनै संकेत देखिँदैन । त्यसकारण कर्मचारी कटौती हुने सम्भावना रहेको चेतावनी युनाइटेड एयरलाइन्सले दिएको छ ।

युनाइटेडका प्रमुख कार्यकारी ओस्कार मुनोज र प्रमुख स्कट किर्बीले कर्मचारीका विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । कोरोना भाइरसका कारण मानिसहरुलाई घरमै बस्न निर्देशन दिइएसँगै अन्य अमेरिकी विमान कम्पनीजस्तै सिकागोस्थित युनाइटेमा पनि यात्रुको संख्यामा अत्यधिक गिरावट आएको हो ।

युनाइटेडका अनुसार अप्रिलको पहिलो दुई सातामा दुई लाखभन्दा कम मानिसले यात्रा गरेको जनाएको छ । सन् २०१९ को यही अवधिमा युनाइटेडले ६ लाखभन्दा बढी यात्रुहरुलाई उडाएको थियो । युनाइटेडले मे महिनाभरि गत वर्षको मे महिनाको एक दिनमा उडेका यात्रुभन्दा पनि कम यात्रु उड्ने जनाएको छ ।

उक्त सूचनामा भनिएको छ, “कोरोना संकटका कारण गम्भीर आर्थिक प्रभाव पर्नेछ । यात्राको माग सुरु हुन समय लाग्ने र सुरु हुँदा पनि अहिलेको आर्थिक प्रभाव चाँडै पूरा गर्नसकिने सम्भावना छैन ।“ युनाइटेडले आगामी केही हप्तामा स्वतस् बिदामा बस्न सकिने र जागिर छोड्न सकिने योजना सार्वजनिक गर्ने जनाएको छ ।

सरकारले दिने अपेक्षा गरिएको ५ अर्ब अमेरिकी डलरले सम्पूर्ण कर्मचारीको खर्च धान्न नसकिनेसमेत जनाएको छ । जसमा ३० प्रतिशत तलबभत्ता रहने र अन्य रकम विमानस्थलको भाडा र अन्यमा खर्च हुनेछ ।

जसका कारण २० हजारभन्दा बढी युनाइटेडका कर्मचारीहरुले अवैतनिक स्वेच्छा बिदामा बस्न आग्रह गरिएको छ । युनाइटेडले तलबभत्तामा समेत डेल्टा एयर र अमेरिकन एयरलाइन्सको जस्तै कटौती गरिने जनाइएको छ ।

युनाइटेडले गत साता ४ मेदेखि सिकागो-लन्डन, नेवार्क-आमर्स्टडम, वासिङ्टन(-फ्र्यांकफर्ट उडान सुरु गर्ने जनाएको थियो । (रोयटर्स)

वि.सं.२०७७ वैशाख ४ बिहीवार १३:३१ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...