काठमाडौं । नेपाल वायु सेवा निगमको जहाज चीनको ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिएर फर्किएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि स्वास्थ्य सामग्री लिन बिहीबार साँझ ग्वाङ्जाओ गएको निगमको वाइडबडी ए–३३० २ वटा जहाज आज बिहान फकिएको हो ।
चीनबाट स्वास्थ्य सामग्री लिएर आएको निगमको वाइडबडी जहाज शुक्रबार बिहान ७ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०८:३० मा प्रकाशित