back
Mega Long Ad

लकडाउनमा जनप्रतिनिधिबीच कुटाकुट, वडाध्यक्षको हात भाँच्चियो

स्याङ्जा । स्याङ्जाका निर्वाचित जनप्रतिनिधिबीच कुटाकुटा भएको छ । कुटाकुट हुँदा वडा अध्यक्ष अनन्तराज गैह्रैको हात भाँच्चिएको छ ।

गल्याङ नगरपालिका ८ स्थित एक कटेजमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले र वालिङ नगरपालिका १० का अध्यक्ष अनन्तराज गैह्रैबीच कुटपिट भएको बताइएको छ ।

बुधबार साँझ ८ बजे कुटाकुटा हुँदा अध्यक्ष गैरेको बायाँ हात भाँच्चिएको छ । उनको हाल पोखरास्थित फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरीकोमा अध्यक्ष गैह्रेको तर्फको उजुरी परेको छ ।

घटनामा संलग्न भनिएका उप-प्रमुख बगाले र वडा अध्यक्ष गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट निर्वाचित हुन् । उनीहरु साविक नेकपा एमालेका उम्मेदवार थिए । वडा सदस्यमा निर्वाचित बगाले जिल्ला समन्वय समिति स्याङजाको उप-प्रमुखमा निर्वाचित भएका हुन् ।

कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको अनुगमन गरेर फर्केका उपप्रमुख बगालेलाई अध्यक्ष गैह्रेले सरकारी गाडी दुरुपयोग गरेको आरोप लगाएपछि कुटाकुट भएको हो।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ११:४१ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...