back
NMB ad

कोरोना रोकथाम कोषमा सिभिल बैंकको साढे ७८ लाख सहयोग

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न संघ/संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिरहेका छन् ।

कहिले आफैं प्रत्यक्ष सहभागी भएर सहयोग गरेका छन् भने केहीले सरकारले खडा गरेको कोरोना कोषमा रकम जम्मा गरेर सहयोग गरेका छन्। नयाँ पुस्ताको बैंक सिभिल बैंकले पनि कोरोना रोकथामका लागि सहयोग गरेको जनाएको छ । बैंकले कोरोना संक्रमणको रोकथामको लागि नेपाल सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन ७८ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैयाँ र बैंकको सञ्चालक समितिको एक बैठकको भत्ता र कर्मचारीहरुको एक दिनको पारिश्रमिकको योगदानबाट संकलित रकमबाट ८ लाख ५० हजार रुपैयाँ समेत गरी सो सहयोग रकम प्रदान गरेको हो ।

सो रकममध्ये ४३ लाख ५० हजार रुपैयाँ नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोषको खातामा दाखिला गरिएको छ । त्यस्तै देशको सातै प्रदेश सरकारलाई प्रतिप्रदेश ५ लाख रुपैयाँका दरले गरी जम्मा ३५ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक सञ्चालक समितिको एक बैठकको भत्ताबाट संकलित रकमबाट माथि उल्लिखित रकममा थप करिब ८ लाख ५० हजार रुपैयाँ पनि बैंकको प्रदेश प्रमुखहरुमार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिने भएको छ । यो रकम समेत सिभिल बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियंत्रण तथा उपचारको लागि ८७ लाख योगदान गरेको छ ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १२:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...