back
NMB ad

मास्क माग्ने १० जना नर्सलाई अस्पतालले गर्यो निलम्बन

Kumari bank ad

एजेन्सी । बिरामीको उपचार गर्ने क्रममा सुरक्षाका लागि लगाउनुपर्ने एन ९५ मास्कको माग गर्ने १० जना नर्सलाई अमेरिकाको क्यालिफोर्नियास्थित जेन्स जोन्स हेल्थ केयर सेन्टरले निलम्बन गरेको छ ।

निलम्बनमा परेका दुई नर्सले सीएनएनलाई दिएको जानकारीअनुसार ९ अप्रिलमा उनीहरुले एन ९५ मास्क बिना कोरोना भाइरसका बिरामी राखिएको कक्षमा प्रवेश गर्दा निलम्बन गरियो ।

अस्पतालले एन ९५ मास्क नभएको भन्दै यसको साटो सर्जिकल मास्क प्रयोग गर्न भनेको थियो । यद्यपी, अन्य स्वास्थकर्मीलाई एन ९५ मास्क दिइएको ती नर्सहरुको दाबी छ ।

‘म आफैं हैरान थिएँ र मेरो अस्पतालले हाम्रा लागि राम्रो गरोस् भनेर माग राखेको थिएँ,’ निलम्बित नर्समध्येकी एक माइकल गुलिकले सीएनएनसँग भनिन,‘मास्कको संकट हुनुपर्ने कुनै कारण हामीले देखेका पनि थिएनौं ।’

यता (अमेरिकी रोग नियन्त्रण तथा रोकथा केन्द्र) सीडिसी र (विश्व स्वास्थ संगठन) डब्ल्युएचोले नै सर्जिकल मास्कलाई उपयुक्त सुरक्षा कवच भनेको अवस्थामा नर्सहरुलाई त्यही मास्क दिइएको अस्पतालले जनाएको छ ।

अस्पतालले ती नर्सहरुका बारेमा धेरै टिप्पणी गर्न मानेन, तर उनीहरुलाई पैसा दिएरै घर बस्न भनिएको जानकारी थियो ।  ‘कोभिड–१९ का संक्रमित तथा शंकास्पद बिरामीको उपचारमा संलग्न सबै नर्सहरुलाई हामीले सीडिसी र डब्ल्युएचओको निर्देशिका अनुसार नै सुरक्षा सामाग्री (पिपिई) दिएका छौं,’ अस्पतालका प्रवक्ता प्याट्रिसिया एडेमले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यस्तै निर्दे्शिका अमेरिकाका अधिकांश अस्पतालले पालना गरिरहेका छन् ।

सीडिसीको अहिलेको नीतिले कोभीड–१९ का बिरामीको चेकजाँच गर्ने स्वास्थकर्मीलाई एन९५ वा उच्च स्तरको रेस्पिरेटर्स प्रयोग गर्न सिफारिस गरेको छ । सीडिसीले एन ९५ मै जोड दिएको छ । तर, एन ९५ नभएको अवस्थामा स्वास्थकर्मीले सर्जिकल मास्क नै प्रयोग गर्नुपर्ने उल्लेख छ ।

अमेरिकामा कोभिड–१९ को महामारी फैलिरहेको छ र अस्पतालहरुमा संक्रमितको संख्या बढिरहेका बेला यी नर्सहरु निलम्बित भएका हुन् । निलम्बनमा परेका दुई नर्सले उनीहरुलाई फेरि काममा फर्काउनका लागि अस्पताल प्रशासनले कुराकानी गरिरहेको जानकारी पनि सीएनएनलाई दिएका छन् । उनीहरुका अनुसार सबै १० जना नर्सहरुसँग व्यक्तिगत रुपमा अस्पताल प्रशासनले कुरा गरिरहेको छ ।

कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थकर्मीहरुका लागि एन ९५ मास्क निकै महत्वपूर्ण मानिन्छ, यसले कम्तिमा ९५ प्रतिशत हावाको कणलाई ब्लक गर्छ । अमेरिकाका धेरै अस्पतालहरु आफ्ना कर्मचारीका लागि धेरैभन्दा धेरै मास्क जुटाउने दौडमा छन्, तर एन ९५ को अभाव विश्वव्यापी छ ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १५:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...