back
NMB ad

कोरोना कहर : लकडाउनले दुई हजार बढी यौनकर्मीहरु अलपत्र

Kumari bank ad

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित जिबी रोडमा २ हजार यौनकर्मी महिला अलपत्र परेका छन् । कोरोना भाइरसले गर्दा देश लकडाउनमा परेपछि ती यौनकर्मीहरु अलपत्र परेका हुन् ।

उनीहरुका २ सय भन्दा धेरै बालबालिकासमेत अलपत्र परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा यौन व्यवसायमा प्रतिबन्ध भएपनि नयाँ दिल्लीसहित विभिन्न सहरमा रेड लाइट एरिया अहिले पनि कायम रहेका छन् ।

नयाँ दिल्लीको अजमेरी गेटबाट लाहौरी गेटसम्मको दुई किलोमिटर क्षेत्रमा पर्ने भारतकै ठूलो रेडलाइट एरिया जिबी रोडमा १ सय भन्दा धेरै वेश्यालय रहेका छन् ।

जिबी रोडमा ४ हजारको हाराहारीमा यौनकर्मी महिला कार्यरत छन् । कोरोना भाइरसको लकडाउन सुरु भएपछि केही यौनकर्मी महिला घर फर्किए पनि दुई हजार भन्दा बढी महिला अहिले पनि त्यहाँ लकडाउनमा फसिरहेका छन् । इन्डिया टुडेका अनुसार यौनकर्मी महिलाहरु घरबाट बाहिर किराना सामान लिन र औषधि लिनसमेत पाइरहेका छैनन् ।

आफूहरुको समस्या समाधानमा कसैले पनि ध्यान नदिएको यौनकर्मी महिलाले बताएका छन् । पुलिसलाई पटक पटक समस्या राखे पनि समाधान नभएको उनीहरुको गुनासो छ । सिभिल सोसाइटीको राष्ट्रिय नेटवर्क एसएसएनले देशैभरका यौनकर्मी महिलाका लागि सहयोग गर्ने तयारी गरेको जनाएको छ ।

उनीहरुका बालबालिका पनि ठूलो समस्यामा परेकाले तत्काल ठोस कदम चाल्नुपर्नेमा नेटवर्कले जोड दिएको छ । नेटवर्कले जिबी रोडमा अप्ठयारो अवस्थामा रहेका यौनकर्मी र उनीहरुका बालबालिकाका लागि विशेष सहयोग गर्न सरकारलाई पनि पत्राचार गरिएको जनाएको छ ।

भारतमा यौन व्यवसायका विषयमा कुनै पनि कानुन छैन । कोठी सञ्चालकले यौनकर्मीबाट ठूलो शोषण गर्ने र उनीहरुको अवस्थाका विषयमा कुनै पनि जिम्मेवारी नलिने गरेको पाइएको छ ।

कोरोना संक्रमण फैलिन थालेपछि भारतले देशैभर लकडाउन गरेको छ । लकडाउन गरेपछि कोठीबाट महिलालाई निकालेर सञ्चालकहरु फरार भएका छन् । भारतका विभिन्न राज्यका गरिब परिवारका महिलाहरु यौन व्यवसायमा संलग्न छन् । अलपत्र पर्नेहरु केही नेपाली महिला पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सी

वि.सं.२०७७ वैशाख ७ आइतवार १४:३४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...