back
NMB ad

लकडाउनमा मजदुरको तलबमा थप १० प्रतिशत थप

Kumari bank ad

काठमाडौं । बाराको पिलुबा र सिमरास्थित ग्यास वान नेपाल र क्लासिक एग्रिकल्चर उद्योगले मजदुरको तलबमा थप दश प्रतिशत थप गरेर भुक्तानी गरेको छ ।

लकडाउनको समयमा पनि उद्योग सुचारु गर्न मजदुरले निरन्तर काम गरेको भन्दै ती उद्योगहरुले मजुदरको प्रोत्साहनका लागि मासिक तलबमा १० प्रतिशत थप गरेर भुक्तानी गरेका हुन् ।

उद्योगी तथा सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले अत्याआवश्यक सेवाका आफ्ना दुई उद्योगमा कार्यरत मजदुरको तलबमा दश प्रतिशत थप गरेर भुक्तानी गरेको हो ।

“लकडाउनमा पनि श्रमिकको श्रमलाई कदर गर्दै हामीले लकडाउन अवधिको तलबमा १० प्रतिशत थपेर दिने छौं” उद्योगी तथा सांसद श्रेष्ठले भने । संकटको बेला अत्यावश्य सेवामा कार्यरत मजदुरको मनोबल बढाउन मासिक तलबमा १० प्रतिशत वृद्धि गरेसँगै पथलैया वीरगञ्ज औद्योगिक करिडोरका यी दुई उद्योगको सर्वत्र प्रशांसा हुन थालेको छ ।

१० प्रतिशत तलब वृद्धि भएसँगै श्रमिक रमेश न्यौपानेले आफूहरुले लकडाउनका बेलामा गरेकोका कामको मूल्यांकन भएको बताए । खाना पकाउने ग्यासको अभाव हुन नदिन मजदुरलाई सुरक्षित ढंगबाट नियमित काममा लगाइएकाले ग्यास वान नेपालले आफना ग्राहकहरुलाई लकडाउनमा भरपर्दो सेबा प्रवाह गरेको थियो ।

उद्योगी श्रेष्ठले क्लासिक एग्रिकल्चरअन्तर्गतका श्रमिकहरुमा समेत ग्यास उद्योगकै विधिमा सोही सुविधा दिइने बताए । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् श्रेष्ठले बारामा तीन उद्योग, तीनतारे होटल र अन्य कारोबार बढाएका छन् ।

पथलैया वीरगञ्ज औद्योगिक करिडोरमा कयौ उद्योगहरु सञ्चालनमा रहेकै बखत दुई उद्योगको यो निर्णयको श्रमिक संघहरुले प्रशंसा गरेका छन् । उद्योगी श्रेष्ठको निजी लगानी रहेको क्लासिक एग्रिकल्चरमा उद्योगमा अहिले काम ठप्प रहेको छ । तर त्यहाँका श्रमीकलाई समेत तलब र सुबिधा उपलब्ध हुने जनाइएको छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामग्री तथा राहत वितरण र निर्वाचन क्षेत्रमा कोही भोको नराख्ने गरी काम थालेपछि व्यक्तिगत प्रशंसा समेत कमाएका छन् ।(कारोबार दैनिकबाट)

वि.सं.२०७७ वैशाख ९ मंगलवार ११:०१ मा प्रकाशित

You can share this post!

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...