back
NMB ad

कर्मचारीहरुको तलब रोक्ने निर्णय : बिदामा रहेकालाई स्वास्थ्य स्याहार सुविधा दिने !

Kumari bank ad

काठमाडौं । अमेरिकाको द वाल्ट डिज्नी कम्पनीले आफ्ना एक लाख कर्मचारीको तलब रोकेको छ ।  कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण व्यवसाय समस्यामा परेसँगै डिज्नीले यो साता कर्मचारीहरुको तलब रोक्ने निर्णय गरेको हो ।

अहिले तलब रोकिएका कर्मचारीको संख्या कम्पनीको समग्र जनशक्तिको करिब आधा हो । विश्वको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनीले तलबको कटौतीबाट ५० करोड डलर बचाउने फाइनान्सियल टाइम्सले बताएको छ । बेतलबी बिदामा रहेका कर्मचारीहरुले पनि पूरै स्वास्थ्य स्याहार सुविधा भने पाउनेछन् ।

अमेरिकामा रहेका आफ्ना कर्मचारीहरुलाई भने उसले सरकारी सुविधाको लागि आवेदन दिन आग्रह गरेको छ । कोरोना भाइरसको महामारीपछि अमेरिकामा २ करोडभन्दा धेरैले सरकारी सुविधाको लागि आवेदन दिइसकेका छन् ।

डिज्नीको सबैभन्दा धेरै आम्दानी हुने डिज्नील्याण्ड पेरिस लगायत पार्कहरु केही सातादेखि बन्द छन् । गत महिना कम्पनीका कार्यकारी अध्यक्ष बब एगरले कोरोना भाइरसको महामारीको कारण तलब नलिने बताएका थिए । प्रमुख कार्यकारी बब चपकले आधामात्र तलब लिने घोषणा गरेका थिए । स्रोत : डेलिमेल

वि.सं.२०७७ वैशाख ९ मंगलवार १३:०८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...