back
NMB ad

अमेरिकी ग्रीनकार्ड सुविधा दुई महिनाका लागि स्थगित

Kumari bank ad

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा लगाइएको रोक ६० दिनसम्म कायम रहने र ग्रीनकार्ड अर्थात स्थायी बसोबासका आकाङ्क्षी विदेशी नागरिकका हकमा मात्रै त्यो लागु हुने बताएका छन् ।

सोमबार राति अस्पष्ट ट्वीट गर्दै ट्रम्पले उक्त कदमले रोजगारी गुमाएका अमेरिकीहरूको रक्षा गर्ने दाबी गरेका थिए । पछिल्लो आदेश अस्थायी रूपमा अमेरिका प्रवेश गर्नेहरूको हकमा चाहिँ लागु नहुने बिबिसीले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा उनले लाखौँ अमेरिकीहरुले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न र एकअर्काको ज्यान जोगाउन रोजगारी त्याग गरेको बताएका थिए । उनले ग्रीनकार्डका आकाङ्क्षी विदेशी नागरिकमाथि लगाइने भनिएको रोक अमेरिकी अर्थतन्त्रको अवस्था हेरेर लम्ब्याइन सक्ने समेत बताएका छन् ।

ट्रम्पका अनुसार यस विषयमा कार्यकारी आदेशको लिखित दस्तावेज तयार गर्ने काम भइरहेको र ह्वाइट हाउसका वकिलहरूले बुधबार (आज)सम्म त्यसलाई हस्ताक्षरयोग्य बनाउने सम्भावना छ ।

यससँगै कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो प्रशासनले गरेका कामबाट ध्यान मोड्न ट्रम्पले पछिल्लो कदम चालेको आलोचकहरूले बताएका छन् ।

वि.सं.२०७७ वैशाख १० बुधवार ०९:१८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...