back
NMB ad

उदयपुरमा मात्रै २४ जना काेराेना संक्रमित

Kumari bank ad

उदयपुर । प्रदेश १ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा हुन्।

यसअघि वैशाख ५ गते ११ भारतीय र उनीसँगै रहेका दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार थपिनेमा क्रमशः वर्ष १८, १८, २९, ३३, ४०, ४१, ४१, ५२ र ५८ का पुरुष, वर्ष ३६ की महिला र अर्की उमेर नखुलेकी महिला छन्। उनीहरू भने मस्जिद आसपासका बासिन्दा हुन्।

मस्जिदमा बसेका भारतीय र नेपाली गरी १३ जनामा कोरोना पुष्टि भएपछि त्यस क्षेत्रका बासिन्दा र उनीहरूसँग सम्पर्कमा रहेकाहरूको स्वाब नमुना संकलन गरिएको थियो। त्यसपछि विराटनगरस्थित कोसी अस्पताल र काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गरिएको थियो।

विराटनगरमा सोमबार र मंगलबार आठ जनामा कोरोना पोजिटिभ भेटिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा थप परीक्षण गरिएको थियो। विराटनगरमा संक्रमण पुष्टि भएकालाई उपस्थित गराएरै धरानमा परीक्षण गर्दा पोजिटिभ देखिएको हो। उनीहरूलाई मंगलबार एम्बुलेन्समा राखेर धरान पुर्‍याइएको थियो।

सेनाले संकलन गरेको बाँकी तीन जनाको स्वाब भने टेकुमा परीक्षण गर्दा कोराना पुष्टि भएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। ‘प्रदेश १ मा संक्रमितको संख्या २४ पुगेको छ’, मन्त्री घिमिरेले भने, ‘सबै उदयपुरबाट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएका हुन्।’

प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकका छुट्टाछुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरी लगेका थिए। काठमाडौं लगेको स्वाब परीक्षणमा अझै संक्रमित थपिने सम्भावना रहेको चिकित्सक बताउँछन्। ६९ जनाको स्वाब परीक्षण भने विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ। ९ वटा स्वाब त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीको हो।

भुल्के क्षेत्रमा ५२ घर छन्। प्रहरीले सबै सिल गरेको छ। यस क्षेत्रमा ६ सय जनसंख्या रहेको प्रशासनको तथ्यांक छ। यसअघि मस्जिदभित्र रहेकामा मात्रै कोरोना देखिएकामा मंगलबार भने बाहिरका बासिन्दामै संक्रमण पुष्टि भएको छ। कोरोना कसरी संक्रमण भयो भनेर तनावको विषय बनेको छ।

भुल्केमा दुई जना विदेशबाट आएका युवक पनि रहेको खुलेको छ। मस्जिदमा जानेआउने गरेकाले उनीहरूबाट सरेको हो कि भन्ने आशंकामा अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ। ती युवक पनि मंगलबार संक्रमण पुष्टि भएकामै पर्छन्। उनीहरूमध्ये १ जना यूएईको दुबई र अर्का भारतको दिल्लीबाट आएको बताइएको छ। अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छापिएकाे छ ।

वि.सं.२०७७ वैशाख १० बुधवार ०९:५२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...