मड्रिड । स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४३५ जनाको मृत्यु भएको छ । कोरोना प्रकोप सुरु भएदेखि यता स्पेनमा २१ हजार ७१७ जनाको मृत्यु भएको छ ।
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आजको संसदीय छलफलमा ९ मेसम्म आपतकाल घोषणा गर्न आग्रह गरेका थिए । उनले ९ मेपछि विस्तारै लकडाउन हटाउँदै लैजाने बताएका थिए । उनले भने, “महामारी कसरी सुरु भयो भन्ने कुराको मूल्यांकन गर्दै जानेछौं ।“
विश्वमै कोरोना संक्रमितको संख्या अमेरिकापछि सबभन्दा धेरै रहेको मुलुक स्पेन हो । यहाँ हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ५ हजार पुगेको छ भने अमेरिकामा ८ लाखभन्दा बढी कोरोना संक्रमित रहेका छन् । -बीबीसी
वि.सं.२०७७ वैशाख १० बुधवार १७:१४ मा प्रकाशित