back
NMB ad

राजपा र समाजवादी पार्टीबीच एकता (सहमति पत्रसहित)

Kumari bank ad

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति एकता भएको छ । पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

त्यस्तै एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ । त्यसैगरि चुनाव चिन्ह भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ।

राजपाबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति(पत्रमा हस्ताक्षर गरेका छन्।

पार्टी विभाजनलाई सहज बनाउन सरकारले युद्धस्तरमा सोमबार अध्यादेश जारी गरेपछि समाजवादी फुट्ने अनुमान गरिएका बेला समाजवादी र जनता पार्टीबीच रातारात एकता भएपछि राष्ट्रिय राजनीतिक फेरि तरंगित भएको छ। समाजवादीलाई फुटाएर आफू बलियो र सुरक्षित हुने प्रधानमन्त्री केपी ओलीको योजना असफल भएको छ।

राजपा र समाजवादी एकतापछि उनीहरुको संघीय संसदमा उनीहरुको संख्या ३४ पुगेको छ । यसअघि राजपा र समाजवादीमा १७ १७ सांसद थिए ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार ०७:३२ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...