back
NMB ad

घिसार्दै खोलाको घारीमा लगेर पालैपालो बलात्कार

Kumari bank ad

विराटनगर । प्रेमिका बनाएर मोरङको बूढीगंगा गाउँपालिकाकी १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार गरिएको घटना लगभग तीन महिनापछि बाहिरिएको छ ।

प्रहरीकाअनुसार ती किशोरीमाथि पाँच जना युवा मिलेर सामूहिक बलात्कार गरेको घटना लामो समयसम्म गुपचुप रहेको थियो । गत माघ १५ गते राति बलात्कारमा संलग्नमध्ये एक युवा आएर बुधबार साँझ किशोरीसँग झगडा गरिरहेको गाउँलेले देखेपछि पुरानो घटना सार्वजनिक भएको हो ।

घटना बाहिरिएपछि बलात्कारमा संलग्न बूढीगंगा–६ का २० वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू, इन्द्र भनिने किशोर राई र लक्ष्मण राईलाई प्रहरीले बुधबारराति पक्राउ गरेको छ ।

बलात्कारमा संलग्न रोशन मगर फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भैरहवा घर भएका रोशन बूढीगंगास्थित ठूलीआमाको घरमा बस्थे।मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार प्रेमको नाटक गर्दै किशोरीलाई प्रेमिका बनाउने काममा लक्ष्मण संलग्न रहेको पाइएको छ।

‘प्रेमको नाटक गर्दै प्रेमिका बनाएपछि दुई जनाबीच मोबाइलमा कुराकानी हुन थालेछ।त्यही मौकामा राति लक्ष्मणले जरुरी काम परेको भन्दै घरदेखि तल रहेको फुटबल खेल्ने चउरमा भेट्न बोलाएपछि किशोरी गइन,’ राईले भने, ‘भेट्न लक्ष्मण आफू मात्रै गएनन्। सँगै चार जना साथीहरुलाई पनि लिएर गए ।’ उनकाअनुसार दुई जनाको भेट भएर गफ हुँदै गर्दा लक्ष्मणभन्दा केही पछाडि रहेका चार जना साथीहरुले उनकै सहयोगमा किशोरीलाई घिसार्दै मलाहा खोलाको घारीमा र्पुयाएर पालैपालो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो कुरा कोही कसैलाई भनेमा हत्या गर्नेसम्मको धम्की दिइएका कारण डरले किशोरीले माघ १५ गते रातिको घटना भएपनि बाहिर ल्याउन भने नसकेको पाइएको डीएसपी राईले बताए । उनकाअनुसार इन्द्र भनिने किशोर राईले बुधबार साँझ घरमै गएर गाली गलौज गर्दै किशोरीसँग झगडा गरिरहेको देखेपछि उनीसँगै वास्तविक कुरा बुझेर गाउँलेले प्रहरीलाई खबर गरिदिएका हुन ।

‘गाउँलेले दिएको सूचनाका आधारमा प्रहरी टोली किशोरीको घरमा पुग्यो।वास्तविक कुरा बुझ्ने क्रममा लगभग तीन महिना अघि किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाका बारेमा खुल्यो,’ उनले भने, ‘त्यसपछि घटनामा संलग्नमध्ये चार जनालाई पक्राउ गरियो।फरार रहेका अर्का एक युवाको खोजी भइरहेको छ ।’ घटनामा संलग्न युवाहरुले सामूहिक बलात्कार यता घरमै आएर बारम्बार मानसिक तनाव दिँदै विभिन्न धम्कीहरु दिने र झगडा गर्ने गरिरहे पनि डर र त्रासका कारण कोही कसैलाई सुनाउन भने नसकेको किशोरीले प्रहरीलाई बताएकी छन्।

गाउँलेहरुको साथ र सहयोगकै कारण ढिलो भएपनि आफू घटनाका बारेमा खुल्न सकेको उनले सुनाएको जानकारी डीएसपी राईले दिए।‘युवाहरुले बारम्बार घरमै आएर झगडा र दुर्व्यवहार गर्दै धम्क्याउँदासम्म पनि मैले कुरा खोल्न सकेकी थिइँन,’ उनलाई उद्दृत गर्दै प्रहरीले भन्यो, ‘यही घटना वरपरका छरछिमेकीले देखेर साथ दिएपछि लामो समयदेखि पीडित भएर पनि पीडा बाहिर ल्याउन नसकिरहेकी मलाई धेरै सजिलो भयो ।’

प्रहरीका अनुसार किशोरीका बुवाको यस अघि नै निधन भइसकेको छ।आमा एक वर्ष अघि वैदेशिक रोजगारीका लागि गएपछि घरमा दुई बहिनीको रेखदेख गरेर आफू पनि पढ्दै किशोरी बसेकी थिइन्। सामूहिक बलात्कारमा संलग्न विरुद्ध जबरजस्ती करणी मुद्धा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइने जानकारी प्रहरीले दिएको छ। (अन्नपूर्ण पोष्टबाट)

वि.सं.२०७७ वैशाख ११ बिहीवार ११:११ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...