back
NMB ad

घरभाडा माग नगर्नू भन्दै घर मालिकहरुलाई कडा निर्देशन !

Kumari bank ad

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली सरकारले मजदुर र विद्यार्थीबाट भाडा नलिन घर मालिकहरुलाई कडा निर्देशन जारी गरेको छ । “जिल्ला अधिकारीहरुले कामदार, आप्रवासी मजदुर र विद्यार्थीको बाक्लो बसोबास भएका क्षेत्रमा विशेष ध्यान दिन निर्देशन दिइएको छ ।

त्यसैगरी कसैले घरभाडा माग गरेर समस्या गराएमा प्रहरीको निःशुल्क नम्बर १०० मा फोन गरेर उजुरी गर्न सकिनछ,“ उक्त निर्देशनमा भनिएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएका कारण मजदुरहरुले काम नपाएको र विद्यार्थीहरु समस्यामा परेको भन्दै दिल्ली सरकारले यस्तो निर्देशन जारी गरेको हो ।

भारतमा तेस्रो बढी संक्रमित राज्य दिल्लीमा कोरोना संक्रमितको संख्या दुई हजार २४८ पुगेको छ । बुधबारमात्रै दिल्लीमा ८९ कोरोना संक्रमित थपिएका थिए ।

भारतमा पछिल्लो एक दिनमा एक हजार ४०९ कोरोना संक्रमित थपिएका छन् भने ४१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २१ हजार ३९३ पुगेको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र छ भने त्यसपछि राजधानी दिल्ली र गुजरात रहेका छन् । -एएनआई

वि.सं.२०७७ वैशाख ११ बिहीवार १६:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...