back
NMB ad

लकडाउनमा नौविसे नागढुंगाको सडक मर्मत गरिँदै

Kumari bank ad

धादिङ । राजधानी भित्रिने र बाहिरिने मुख्य नाकाको रुपमा रहेको त्रिभुवन राजपथअन्तरगत नौविसे नागढुंगा सडकको खण्ड लकडाउनको समयमा मर्मत कार्य सुरु गरिएको छ ।

अत्याधिक सवारी चाप रहने भएका कारण विगतमा सडक मर्मतसम्भार गर्न निकै कठिन रहने गरेको थियो । अहिले लकडाउनको भएको बेला न्युन सवारी चाप रहेकाले त्यसैको मौका छोपेर मर्मत कार्य थालिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

गत बैशाख ४ गतेबाट साँघुरा र जोखिमपूर्ण घुम्तीहरु कटान गरी फराकिलो बनाउन थालिएको छ । त्यस्तै उक्त सडकखण्डको १० किलोमिटर क्षेत्रमा अहिले भइरहेको ठाउँमाथि एक तह कालोपत्रे थप्ने तयारी गरिएको छ ।

यो सडक खण्डमा अत्याधिक खाल्डा(खुल्डी र उकालो रहेकाले सधैं सवारी जाममा पर्ने समस्या निम्तिरहेको छ । सवारी आवागमन जारी रहेकै बेलामा विगतमा मर्मत सम्भार गरिए पनि अत्याधिक भार र सवारी चापले मर्मत गरेको सडक लामो समयसम्म नटिक्ने गरेकाले अहिले सवारी आवागमन न्युन भएको मौकामा एकपटक कालोपत्रे गर्ने र मोडहरु कटान गर्ने काम थालिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीले बताए ।

उनले भने, ’सवारी साधन सञ्चालन भएको समयमा काम गर्न निकै कठिन हुने भएकाले लकडाउनको अवसरलाई उपयोग गर्न लागिएको हो ।’ लकडाउनको समयमा काम गर्न सहज हुने भएकाले सुरुमा कटिङको काम थालिएको र पिचको काम सुरु गरिहाल्ने इन्जियर कृष्णबहादुर खड्काले बताए । काममा संलग्न मजदुरहरुको कोरोनाबाट सुरक्षित राख्नका लागि मास्क, टेम्परेचर गन लगायतका प्राथमिक उपचारका सामग्री प्रयोग गरिएको खड्काले बताए ।

राजधानी भित्रिने मुख्य नाकाका रुपमा रहेकाले अध्याधिक सवारी चाप हुने यस सडक खण्ड साँघुरो, उकालो र नागबेली भएकाले सवारी जाम अत्याधिक हुने गर्दछ । डिभिजन सडक कार्यालयले लकडाउनलाई उपयोग गर्दै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा एकैसाथ रोड मार्किङको काम पनि शुरु गरेको छ । (अन्नपूर्ण पोष्टबाट)

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १३:०१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...