back
NMB ad

कोरोना संक्रमणको प्रभाव : होटलको आम्दानी ९० प्रतिशत गुम्दै

Kumari bank ad

काठमाडौँ । विश्वव्यापी रूपमा फैलिएको महामारी कोभिड‐१९ को संक्रमणको प्रभावले नेपालको होटल उद्योगको कुल आयमा करिब ९० प्रतिशत ह्रास आउने प्रक्षेपण होटल संघ (हान) ले गरेको छ ।

हानले बिहीबार जारी गरेको विज्ञप्तिमा अहिले देशभरका होटल उद्योग सेवा बन्द भएका बेला सरकारले होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्न माग गरिएको छ ।

‘नेपालमै रोजगारीको व्यवस्थापन गर्ने ठूलो उद्देश्यका साथ नयाँनयाँ ब्रान्डका होटल कम्पनीहरूको स्थापना भइरहेको तथा यस व्यवसायमा अत्यन्त चासो बढिरहेका बेला उत्पन्न विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कुल आयमा करिब ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

संघले नेपालको होटल क्षेत्रले सन् २००४र०५ को पुनरावृत्ति भोग्ने संकेत पनि देखिएको जनाएको छ । त्यसताका सशस्त्र द्वन्द्वको प्रभावका कारण सन् २००३ देखि दुई वर्षको अवधिमा होटलहरूको कुल आम्दानीमा करिब ५० प्रतिशत ह्रास आएको थियो । त्यति बेला करिब ३० वर्षदेखि अस्तित्वमा रहेका काठमाडौंका ख्यातिप्राप्त होटल नारायणी, ब्लुस्टार, शेर्पा, उडल्यान्डलगायत सञ्चालन खर्च व्यवस्थापन गर्न नसकेर बन्द भएका थिए ।

अहिले कतिपय पर्यटकीय होटलले सेवा बन्द गर्नेसम्मका निर्णय गर्नुपरेको भनी संघलाई जानकारी गराएको संघकी अध्यक्ष सृजना राणाले जानकारी दिइन् । अहिलेको अवस्थामा श्रम ऐन, नियम पालना गर्न चुनौती रहेको उनको भनाइ छ । ‘एकातिर नेपालको पर्यटकीय होटलमा काम गर्ने श्रमिक तथा कर्मचारीहरूले प्राप्त गर्ने सेवासुविधालाई हेर्ने हो भने अन्य उद्योगको भन्दा फरक र उच्च छ ।

नेपालका होटल उद्योगमा सन् २०१९ को कुल आम्दानीको करिब ४० प्रतिशत कर्मचारीको सेवासुविधामा खर्च भएको देखिएको थियो । सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कुल आम्दानी केबल १० प्रतिशतभन्दा न्यून हुने अध्ययनका आधारमा होटलहरूले कुनै पनि हालतमा खर्च धान्न नसक्ने तथ्य स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले पुराना स्थापित होटलहरूको अधिकतम व्ययभार श्रमिक व्यवस्थापनमा, नयाँ होटलहरूको ऋण व्यवस्थापनमा र पर्यटकीय स्तरका साना होटलहरूको अत्यधिक खर्च घरभाडालगायत शीर्षकमा हुने भएकाले यो परिस्थितिमा खर्च व्यवस्थापनको सिद्धान्त अवलम्बन गर्दै होटल उद्योगको संरक्षण गर्न सरकारसँग माग गरेको छ ।

होटल उद्योगले नेपालको पर्यटन विकासमा अतुलनीय योगदान गरेको जनाउँदै अर्बौं रुपैयाँ लगानीमार्फत होटल उद्योगले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी नेपाली अर्थतन्त्र तथा बहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको विश्लेषण गर्न सरकारलाई विलम्ब नगर्न पनि सचेत गराएको छ ।

कोभिड‐१९ को महामारी नियन्त्रणका लागि सरकारले चालेका कदमहरूप्रति होटल संघ नेपालले ऐक्यबद्धता जनाउँदै होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्न पनि माग गरेको छ । -कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १६:५३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...