back
NMB ad

दोब्बर मूल्यमा सामान बेच्ने भाटभटेनी सुपर स्टोरलाई ३ लाख जरिबाना

Kumari bank ad

काठमाडौं । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी स्टोर टङ्गाललाई तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।

बढी मूल्य लिएर सामान बेचेको उजुरीका आधारमा सोमबार अनुगमन गरिएको र बढी मूल्य लिएको पाइएकाले तीन लाख रुपैयाँ जरिबाना तिराएको विभागको अनुगमन शाखाका निर्देशक सागर मिश्रले जानकारी दिनुभयो ।

भाटभटेनीले एक सय २० रुपैयाँ पर्ने लाखमरीलाई दुई सय २० रुपैयाँमा बेचेको भेटिएको थियो । यस्तै विभागले सोमबार नै अन्य तीन वटा स्टोरलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।

अमरावती खाद्य भण्डार कपनलाई दुई लाख, एमवीटी खाद्य सप्लायर्स कपनलाई एक लाख र जीएन स्टोर कपनलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । उनीहरुले बढी मूल्यमा बेच्ने, मुल्यसूची नराख्नेलगायतका कसुर गरेका थिए ।

वि.सं.२०७७ वैशाख १५ सोमवार २०:५२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...