back
NMB ad

काेराेना अपडेट : २ लाख ११ हजारकाे ज्यान गयाे, ९ लाख घर फर्किए

Kumari bank ad

काठमाडौं । विश्वका करिब सबै देशमा फैलिइसकेको कोरोना भइरसको संक्रमणले मानिसको ज्यान जाने क्रम बढिरहेको छ । संक्रमणबाट हालसम्म २ लाख ११ हजार २ सय २ जनाको ज्यान गएको छ ।

महामारीको रूपमा देखा परेको कोरोनाभाइरसका कारण विगत २४ घण्टामा मात्रै ४ हजार २ सय ८७ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्यावधिकमा जनाइएको छ ।

विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो अपडेट अनुसार कोरोना संक्रमणबाट ९ लाख ५४ हजार १९ सय ४६ जना निको भएर घर फर्किएका छन् ।

विश्वभरमा ३० लाख ५९ हजार ८१ जना कोरोनाबाट संक्रमित भएको पुष्टि भइकेको छ । उपचारमा रहेका करिब १७ लाखभन्दा बढीको विश्वभरका अस्पतालहरूमा उपचार भइरहेको छ ।

भाइरसबाट सयुक्त राज्य अमेरिकाका नागरिक सबैभन्दा बढी संक्रमित भएका छन् । अमेरिकामा अहिलेसम्म १० लाख ८ हजार २ सय ६० जना संक्रमित भएका छन् । त्यस्तै ५६ हजार ६ सय ६६ जनाको संक्रमणबाट ज्यान गएको छ भने १ लाख ३७ हजार ६ सय ६ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् ।

१४ हजार १ सय ७५ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट अमेरिकामा सबैभन्दा बढीको ज्यान गएको छ । विगत २४ घण्टामा अमेरिकामा १ हजार २ सय ५३ जनाको ज्यान गएको छ ।

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार ९ सय ७७ पुगेको छ भने ६६ हजार ६ सय २४ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् ।

उपचारमा रहेका संक्रमित मध्ये १ हजार ९ सय ५६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनमा ८२ हजार ८ सय ३० जनामा संक्रमण देखिएकोमा ७७ हजार ४ सय ७४ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् ।

४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएको चीनमा ५२ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ । विगत २४ घण्टामा चीनमा कोरोना संक्रमणाका कारण १ जनाको ज्यान गएको जनाइएको छ ।

छिेमेकी देश भारतमा अहिलेसम्म २९ हजार ४ सय ५१ जनामा संक्रमण देखिएको छ । त्यस्तै ७ हजार १ सय ३७ जना निको भएका छन् भने हालसम्म ९ सय ९३ जनाको ज्यान गइसकेको छ ।

नेपालमा अहिलेसम्म ५२ जनामा संक्रमण देखिएको छ, जसमा १६ जना निको भएर घर फर्किकएका छन् । ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार ०८:२७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...