back
NMB ad

वैशाख १७ गते : क्षुद्रग्रह पृथ्वी नजिक आउँदै, नेपाली आकासमा नाङ्गो आँखाले देख्न सकिन्छ ?

Kumari bank ad

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले एक विज्ञप्ति जारी गरी सामाजिक संजालमा भईरहेका चर्चा, केहि राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरका अनलाइन पोर्टलमा आएका क्षुद्रग्रह १९९८ ओ.आर.२ सम्बन्धी समाचारहरुले नेपाली जनमानसमा पर्ने गरेको छाप प्रति ध्यानाकर्षण भएको जानकारी गराएको छ ।

प्रायः राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय सबै स्तरका समाचारले यो क्षुद्रग्रह पृथ्वीदेखी नजिकै आउने बताइएको भए पनि कति नजिक आउने हो, यसले पृथ्वीमा खतरा छ/छैन तथा नाङ्गो आँखाले देख्न सकिनेरनसकिने बारे स्पष्टरुपमा बताइएको नपाइएकाले अस्पष्ट रहेका विषय स्पष्ट पार्न खोजेको पनि विज्ञप्तिमा जनाएको छ ।

अप्रिल २९ तारिख (वैशाख १७ गते) के हुँदैछ ?

यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखी सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२, ८२,००० (बैसठ्ठी लाख बयासी हजार) किलोमिटर टाढा रहनेछ।

पृथ्वी र चन्द्रमाबीचको औसत दुरी करिब ३,८४,००० (तीन लाख चौरासी हजार किलोमिटर) छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाढा रहनेछ।

के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि खतरा छ त ?

यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो र त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो। यो क्षुद्रग्रहको वैज्ञानिक नाम ‘५२७६८’ हो।

कुनै पनि क्षुद्रग्रहलाई हामीलेरखगोलवैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ। यो क्षुद्रग्रहको अस्थायी नाम ‘१९९८ ओ.आर. २’ हो भने स्थायी नाम ‘५२७६८’ हो। विगत् तीन दशकभन्दा बढी समयदेखि निगरानीबाट प्राप्त ज्ञान अनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन। त्यसैले हाल कोही पनि त्रसित हुनुपर्ने अवस्था होइन।

के नेपालमा पनि यस्तो किसिमको खोजीकार्य भइरहेको छ ?

सन् २०१६ देखि हामीले नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान भाग लिएका विद्यार्थीहरुले पत्ता लगाएका र प्रारम्भिक पहिचान पाउन सफल थुप्रै क्षुद्रग्रहमध्ये हालसम्म एउटाले अस्थायी नाम पाइसकेको छ। उक्त क्षुद्रग्रह एस.ओ.एस. सानोठिमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले सन् २०१९ मा पत्ता लगाएका हुन् जसको नाम २०१९ ए. ई. १८ हो। यसलाई नेपाली विद्यार्थीहरुले सन् २०१९ जनवरी २ तारिख पत्ता लगाएका हुन्।

के यो क्षुद्रग्रहलाई वैशाख १७ गते (अप्रिल २९ तारिखका दिन) नेपाली आकासमा नाङ्गो आँखाले देख्न सकिन्छ ?

हालैको एउटा अध्ययनले यो क्षुद्रग्रहको आकार करिब २ किलोमिटरको रहेको बताइएको छ। सुरुमा यसको आकार १.८ देखि ४.१ किलोमिटर अनुमान गरिएकोमा अरेसीबो वेधशालाले अप्रिल १८, २०२० मा लिएको रडार तस्विरको अध्ययनबाट यो क्षुद्रग्रह करिब २ किलोमिटरको रहेको बताइएको छ।

त्यसैले नजिक आउँदा पृथ्वी – चन्द्रमाको दुरीभन्दा कम्तिमा १६ गुणा टाढा रहने र करिब २ किलोमिटरको रहेकोले साथै यसको औसत् अपेरेन्ट म्याग्निच्युड करिब ११ रहेकोले नाङ्गो आँखाले यसलाई देख्न सकिदैन। यसलाई अबलोकन गर्न ठुलै खालको टेलिस्कोप आवश्यक पर्छ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार ०९:४५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...