back
NMB ad

प्रधानमन्त्री ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङबीच भेटवार्ता, के-के भए कुरा ?

Kumari bank ad

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहान करिब १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका मुख्यमन्त्री गुरुङ र प्रधानमन्त्री ओलीबीच एक्लाएक्लै दुई घण्टा भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा प्रदेशको विकास,आगामी आर्थिक वर्षको बजेट तथा योजनाबारे प्रधानमन्त्री ओलीसँग मुख्यमन्त्री गुरुङले कुरा गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै, कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेश सरकारले गर्न सक्ने कामबारे पनि छलफल भएको न्यौपानेले जानकारी दिनुभयो ।त्यस्तै अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको उहाँको भनाई छ । नेकपाभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री ओली र मुख्यमन्त्री गुरुङबीचको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

यसअघि मंगलबार मुख्यमन्त्री गुरुङले आफ्नो फेसबुक लाइभमार्फत नेकपाको विवाद मिलाउन सहयोग गर्ने उद्देश्यका साथ काठमाडौं आएको बताउनुभएको थियो ।

मुख्यमन्त्री गुरुङले बुधबार अर्थमन्त्री युवराज खतिवडालाई भेटी गण्डकी प्रदेशका लागि विभिन्न योजनामा बजेटसमेत माग गर्नुभएको थियो । त्यस्तै, बुधबार नै गुरुङले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र पार्टीका केही नेतासँग पनि छलफल गर्नुभएको थियो ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १४:४८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...