back
NMB ad

सम्पूर्ण संयन्त्र परिचालन गरेर राहत वितरण गर्नुपर्छ : अध्यक्ष पन्त

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका करीब ५० सहभागीले आआफ्नो विचार राखेका थिए ।

टेलिफोन कन्फेसमार्फत भएको बैठकलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष कुमार पन्तले धेरै नेपाली संक्रमित भएपछि नेपाल सरकारको उपस्थिति नभएका देशमा समेत संस्थाले सरकारसँग समन्वयन गरेर अगाडि बढेको जानकारी दिए ।

एनआरएनका अनुसार संक्रमणबाट ५० भन्दा बढी गैरआवासीय नेपालीको निधन भएको र दुई हजार पाँच सयभन्दा बढी नेपाली कोरोना संक्रमित भएका छन् ।

अध्यक्ष पन्तले सबैभन्दा ठूलो समस्या विद्यार्थी र श्रमिकमा रहेको बताउँदै महामारीपछि आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावका बारेमा संस्थाले दीर्घकालीन रणनीति बनाउने तयारी गरेको जानकारी दिए । उनले सबै मिलेर जान र सबै संयन्त्र परिचालन गर्न पनि आग्रह गरे ।

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले कोभिड–१९ शुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्वन्धी गतिविधि शुरु गरेको र महामारीका अवस्थामा पनि सेवाग्राहीलाई दिइने सेवा थप प्रभावकारी बनाइएको बताए ।

राजदूत ढुंगानाले क्यानडामा रहेका नेपालीको समस्याका विषयमा क्यानडा सरकारसँग समेत छलफल भइरहेको जानकारी दिए । संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी दिइएको तथा कोरोना संक्रमण शुरु भएदेखि नै एनआरएनसँग सहकार्य गरेर अगाडि बढेको बताए ।

म्यारील्यान्ड क्षेत्रका विधायक ह्यारी भण्डारीले कोरोना भाइरसका कारण निधन भएका नेपालीका परिवारलाई आफूले सक्दो सहयोग गरेको जिकिर गरे । एनआरएनका महासचिव डा हेमराज शर्माले महामारीविरुद्ध लड्न विभिन्न संघसंस्था, नेपाली दूतावास र गैरआवासीय नेपालीबीच संयुक्त कार्यदलमार्फत काम थाल्न जोड दिए ।

उनका अनुसार संस्थाले कोरोना भाइरस प्रभावित ४५ देशमा नौ सयभन्दा बढी स्वयंसेवक खटाएर ३० हजारभन्दा बढीलाई राहत दिएको छ । उनले अन्तरराष्ट्रिय लकडाउन खुलेपछि नेपाल फिर्तीका लागि प्रक्रिया शुरु हुने बताए ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले कोभिड–१९ पछि अमेरिकामा ७५० र क्यानडामा १६० गैरआवासीय नेपालीलाई स्वास्थ्यसम्वन्धी सल्लाह दिइएको जानकारी दिँदै कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा नआएकाले अझ थप चार हप्ता लकडाउन आवश्यक हुने विचार राखे । रासस

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १८:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...