काठमाडौं । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि डाकिएको बैठकमा सहभागी हुन मन्त्रीहरु जाने क्रम जारी छ ।
बैठकमा सहाभागी हुन मन्त्रीहरु आउने क्रम सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो । बैठकमा कोराना भाइरसका कारण गरिएको लकडाउनका बारेमा समीक्षा हुने बुझिएको छ ।
वि.सं.२०७७ वैशाख २१ आइतवार ११:१६ मा प्रकाशित