काठमाडौं । अमेरिकाले सधैं जस्तो सार्वजनिक गर्दै आएको डिभीको नतिजा यसवर्ष समयमै नआउने भएको छ ।
विगत वर्षहरुमा मे ५ मा नतिजा घोषणा गर्दै आएको अमेरिकी विदेश मन्त्रालयले यसवर्ष भने जुन ६ पछि मात्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
सन् २०२१ का लागि गतवर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । कोरोनाको महामारीबाट उत्पन्न समस्याले डिभी लोटरीको नतिजा स्थगित गर्नु परेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ वैशाख २१ आइतवार ११:३७ मा प्रकाशित