back
NMB ad

एसईई परीक्षा नहुने संकेत ! यस्तो आयो विज्ञप्ति

Kumari bank ad

काठमाडौं । यस वर्ष एसईई परीक्षा सञ्चालन कठिन भएको छ । कोरोना भाइरसको रोकथामका कारण सरकारले लकडाउन गरेपछि ५ चैत्र २०७६ का लागि तोकिएको परीक्षा स्थगित भएकोमा अहिलेसम्म अर्को मिति समेत तोकिएको छैन ।

परीक्षा सञ्चालनको पूर्व मितिभन्दा ५० दिन कटिसक्दा पनि मिति नतोकिएपछि विद्यालय सम्वद्ध संघसंस्थाले यसबारे विकल्प दिन माग गरेका छन् ।

उनीहरुले यस वर्ष कानुनी बाधा अड्चन फुकाएर भएपनि विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै आधार मानेर प्रमाणपत्र दिन माग गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले भनेको छ, नेपालमा कक्षा १० को एसईई परीक्षा सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागु हुने गरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोडैल प्रमाणिकरण गरी ग्रेट शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त ठहर्छ ।

विश्वका कतिपय देशमा पनि यस्तै शैली अपनाइएको छ । विद्यालयहरुका परीक्षा सञ्चालन हुन नसकेकाले यस्तो शैली अपनाइएको हो ।
शिक्षा मन्त्रालयले एसईईका बारेमा अर्को सुचना जारी नभएसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ । यसबारे मन्त्रालयले के गर्ने भन्नेबारे लकडाउन लम्ब्याउने निर्णयपछि कदम चाल्ने बुझिएको छ ।

शिक्षाविदहरुले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा बनाएर कक्षा १० को परीक्षालाई आन्तरिक बाट गर्न सुझाव समेत दिएका छन् । यसलाई यसै वर्ष देखि लागू गर्न समेत सुझाव दिएको बुझिएको छ ।

 

वि.सं.२०७७ वैशाख २३ मंगलवार १७:१४ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...