back
NMB ad

लकडाउन आंशिक खुकुलो : राजमार्गमा थोरै होटल सञ्चालन हुने, वर्कसप खोल्न दिने निर्णय

Kumari bank ad

काठमाडौं । लकडाउन लामो समय लम्बिने भएपछि सरकारले आर्थिक क्षेत्रमा केही लचकता अपनाएको छ । थप १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारले उद्योग र अन्य केही व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारले आगामी १८ जेठसम्म सीमा बन्द गर्ने निर्णय गरेको छ । सो अवधिसम्म राष्ट्रियरअन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । यसअघि ३१ वैशाखसम्म यस्तो निर्णय भएको थियो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले आगामी ५ जेठसम्म लकडाउन लम्ब्याएर विभिन्न क्षेत्र सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले राजमार्ग र सहायक राजमार्गमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर होटेल/रेस्टुरेन्ट, वर्कसप तथा पेट्रोल पम्प सञ्चालन गर्न दिने निर्णय गरेको हो । तर, कम्तीमा ५० किलोमिटरको दूरीमा मात्र यस्ता होटेलहरू खोल्न पाइनेछ । जहाँ खानाको प्याकेट मात्र बेच्न पाइनेछ ।

‘खासगरी ढुवानीका साधन लिएर हिँड्नुपर्ने चालकहरू तथा अति आवश्यकीय काममा हिँड्नुपर्ने व्यक्तिहरूका लागि सेवा प्रवाह गर्न जरुरी भएकाले राजमार्ग र सहायक राजमार्गमा कम्तीमा ५० किलोमिटरको दूरीमा सम्बन्धित स्थानीय तहले तोकेको स्थानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड लवलम्बन गरी सवारीसाधन मर्मत गर्ने वर्कसप, पेट्रोल पम्प र खानाको प्याकेट मात्र बिक्री गर्ने गरी होटेलररेस्टुरेन्ट सञ्चालन गर्ने व्यवस्था स्थानीय प्रशासनले मिलाउने निर्णय भएको छ,’ अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने । तर, होटेलररेस्टुरेन्टमा पाँचजनाभन्दा धेरैको भिड गर्न पाइने छैन ।

कुनकुन ठाउँका होटेल सञ्चालन गर्न दिने सम्बन्धित जिल्लाको प्रशासन तथा स्थानीय तहले तय गर्नेछ । बैठकले विभिन्न किसिमका उद्योगहरू तथा विकास निर्माणका काम सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

उद्योगलाई स्यानिटाइज गरी त्यहाँ काम गर्ने कामदारको स्वास्थ्य परीक्षण गर्ने र सबैलाई एकैठाउँमा राख्नुपर्ने भएको छ । निर्माण सामग्री ओसारपसारमा पनि अनुमति दिइएको छ ।

ढुवानी सेवाका चालकहरूको विवरण राखिने

ढुवानीका साधनमा आवतजावत रोक्न नाकामा चालक तथा सहचालकको विवरण राखिने भएको छ । ढुवानी सेवा खुलेसँगै ती सवारीसाधनमा यात्रु चढ्न सक्ने भएकाले नाकाबाट बाहिरिने र भित्रिने क्रममा थप व्यक्ति सवारीसाधनमा बस्न पाउने छैन ।

कसैले यात्रु राखेमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरिने मन्त्री खतिवडाले बताए । एम्बुलेन्स दुरुपयोग हुन नदिन पनि निगरानी गर्ने सरकारको निर्णय छ ।

पुस्तक पसल खोल्न पाइने

सवारीसाधन बनाउने वर्कसप पनि बिहीबारदेखि सञ्चालन गर्न पाइने भएको छ । तर, बढीमा पाँचजनासम्म मात्र कामदार उपस्थित हुन पाउनेछन । स्थानीय तहले नियमन गर्ने गरी वर्कसप सञ्चालन गर्न दिने निर्णय भएको हो ।

त्यस्तै, प्लम्बिङ तथा इलेक्ट्रिकल व्यवसाय पनि खोल्न पाइने मन्त्री खतिवडाले बताए । पुस्तक पसल खोल्न पाइने र पुस्तकको ढुवानीसमेत खुला गरिएको छ ।-नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७७ वैशाख २५ बिहीवार ०७:५३ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...