back
NMB ad

सबै पदपूर्ति रोक्का : लोकसेवा आयोगको मात्रै १२ हजार भन्दा बढी, अन्यको कति ?

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमणको त्राससँगै सबै कर्मचारीको पदपूर्ति, भर्ना रोक्का गरिएको छ। लोक सेवा आयोग, शिक्षक सेवा, त्रिवि सेवा आयोग लगायत संगठित संघ संस्थाका हजारौ पदको पदपूर्ति रोकिने भएको हो।

लोक सेवा आयोगको मात्रै १२ हजार भन्दा बढीको पदपूर्ति रोकिदैछ। सो आयोगका अनुसार निजामति सेवा, ९० वटा संगठित संस्था, सार्वजनिक संस्थान, सुरक्षा निकाय लगायतको झन्डै १२ हजारको स्थायी पदपूर्ति रोकिने छ।

नेपाल प्रहरी जवानको मात्रै करिब ३ हजार ६ सयको नयाँ भर्ना तत्कालन हुने छैन। त्यस्तै ९ सय प्रशासनिक खरिदार, ८/९ सयको संख्यामा कृषि, भेटेनरी, पशु लगायतका सबै सार्वजनिक पदको पदपूर्ति रोकिने छ।

सरकारले सबै पदपूर्ति रोक्न अनुरोधात्मक पत्र पठाएपनि आयोगले निर्णय गरी नसकेको लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले बताए। ‘सरकारले पत्र पठाएको छ तर हामीले निर्णय गरिसकेका छैनौं’, उनले भने ,‘यो आपतमा हामीले सरकारलाई सहयोग नै गर्नुपर्छ, हामी बसेर निर्णय गर्छौं।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लोक सेवालाई अर्को व्यवस्था नभएसम्मका लागि नयाँ पदपूर्ति नगर्न पत्र पठाएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार ०८:३६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...