back
NMB ad

गण्डकी प्रदेश सरकारका योजना पुन: सञ्चालनमा

Kumari bank ad

थम्मन थापा, बागलुङ । कोरोना भाईरस कोभिड १९ को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेका बेला गत चैत ११ गते देखि देश लकडाउनमा छ । लकडाउनका कारण अधिकांश विकास निर्माणका पुर्वाधारहरु ठप्प भएका छन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लकडाउनका कारण स्थगित भएका विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६ र ०७७ को बजेट बाट गलकोट नगरपालिका वडा नं ७ मा विनियोजन गरेका २ वटा योजनाहरु लकडाउनको नियम केहि परिमार्जन भएर विकास निर्माणका कामहरुलाई निरन्तरता दिने निर्णय सँगै सञ्चालनमा आएका छन ।

जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मको ४ कोठे पक्की भवनको निर्माण कार्य लक डाउन हुनु अगावै शुभारम्भ भएको थियो ।

यद्यपी लक डाउन सँगै झण्डै १ महिना निर्माण कार्य रोकिएको थियो । गलकोट नगरपालिका र वडा सरकारको समन्वयमा निर्माण कार्यले पुनस् निरन्तरता पाएको गलकोट नगरपालिका वडा नं ७ का वडा अधक्ष सुवेदार टिका बहादुर थापाले बताए ।

विद्यालयको काम ठप्प हुँदा त्यहाँ काम गर्ने मजदुरलाई समेत समस्या परेपछि वडाले राहत समेत वितरण गरेको थियो । अहिले संघिय सरकारले विकास निर्माणका कामहरुलाई उच्च सतर्कता अपनाउँदै सामाजिक दुरी कायम गरि गर्न निर्देशन गरे सँगै निर्माण कार्य सञ्चालनमा आएको वडा अध्यक्ष थापाले उल्लेख गरे ।

चार कोठे भवनको भुइँतला ढलानपछि झ्याल ढोकाको चौकोस राख्न सुरु गरिएको छ । गत फागुनको अन्तिम साता भवनको पुनःनिर्माण शुभारम्भ गरिएको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ७० लाख बजेटमा उक्त भवन पुनःनिर्माण हुन लागेको अध्यक्ष थापाले बताए । निर्माण कार्यमा सुर्खेतका ८ सहित स्थानीय मजदुरले काम गर्दै आईरहेका छन । लक डाउन सुरु भए पश्चात सुर्खेतकै केही मदजुर घर फर्केपछि केहि मजदुर त्यहाँ काम गर्दै आईरहेका छन ।

निर्माण सामग्रीको सहजीकरणमा गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुनःनिर्माण भइरहेको छ । सामाजिक दूरी कायम गर्ने, मजदुरलाई बाहिर आउजाउ गर्न नदिने सल्लाह अनुरुप अहिले काम भईरहेको छ ।
त्यस्तै गण्डकी प्रदेश भौतिक मन्त्रालय बाट आर्थिक वर्ष २०७६ र ०७७ मा विनियोजित रकम रु १ करोडको लागतमा मल्म पाण्डवखानी ढोरपाटन सडक स्तरोन्नति सँगै ग्राभेलको काम समेत पुन: सञ्चालनमा आएको छ ।

लक डाउन अगावै योजनाको काम निरन्तर चलिरहे पनि लक डाउन पछि झण्डै १ महिना काम रोकिएको थियो । अहिले सडकमा कटिङ गर्ने, पक्की नाली निर्माण, हिम पाईपहरु जडान, तारजाली, मेसिनरी वाल लगाउने लगायतका कामहरु भईरहेको ठेकेदार कम्पनी आरोग्य निर्माण सेवा गलकोटका सञ्चालक हुम थापाले जानकारी दिए ।

आगाँखेत देखि मल्म सानोखोला सम्म निर्माण कार्यले तिव्रता पाएको सञ्चालक थापाले बताए । सडकमा आवश्यक सामाग्री ढुवानीको लागि गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ ।

निर्माणको काम अब १ डेढ महिना भित्र सम्पन्न हुने गरि काम भईरहेको छ । उक्त सडकको गत वर्ष मध्य पहाडी लोकमार्गको मल्म आगाँखेत जिरो किमी देखि ओदाह सम्म झण्डै ८ सय मिटर पक्की नाली सहित ग्राभेल कार्य सम्पन्न गरिएको थियो ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार १७:०४ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...