back
NMB ad

यसकारण उद्योग खोल्ने सरकारी निर्णय कार्यान्वयन चुनौतीपूर्ण

Kumari bank ad

काठमाडौं । अर्थतन्त्र जोगाउने उद्देश्यले लकडाउनकै बीच आर्थिक क्रियाकलाप खुला गर्ने सरकारी निर्णयको कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ ।

निजी क्षेत्रले सरकारी निर्णय स्वागतयोग्य भए पनि त्यसलाई कार्यान्वयन गर्न भने अप्ठ्यारो भएको बताएका छन । उनीहरूले बजार खुला गर्ने, आपूर्ति नियमित बनाउने तथा सुरक्षाको प्रत्याभूति दिनेलगायतका थप निर्णय गरेपछि मात्रै उद्योग–व्यवसाय सहज ढंगले सञ्चालन गर्ने प्रस्ट पारेका छन ।

निजी क्षेत्र भन्छ, ‘उद्योग–व्यवसाय खुला गर्ने निर्णय स्वागतयोग्य, तर बजार नखुलाएसम्म उद्योग चलाउन गाह्रो छ, श्रम ऐनको एउटा दफाले उद्योग खोल्न रोकेको छ।’

निजी क्षेत्रकै सुझाबअनुसार सरकारले उद्योग–व्यवसाय खोल्न दिने निर्णय गरेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । तर, सरकारले बजार, उद्योगी–व्यवसायीको सुरक्षा, स्थानीय प्रशासनको सहजीकरणलगायतका विषयमा प्रत्याभूति नदिलाएसम्म आर्थिक क्रियाकलाप खोल्ने सरकारी निर्णय कार्यान्वयन गर्न समस्या हुने उनको भनाइ छ ।

‘उद्योग खोलेपछि त्यसको कार्यालय खोल्नुपर्छ, उत्पादन भएपछि त्यसलाई बजार चाहिन्छ, अधिकांश उद्योगसँग आवासीय सुविधा छैन, सरकारको निर्णयअनुसार उद्योग परिसरमै खान–बस्नको व्यवस्था गर्न गाह्रो छ, स्थानीय जनताको अवरोध पनि आउन सक्छ, स्थानीय तह र प्रशासनको सहजीकरण पनि आवश्यक छ,’ उनले भने, ‘यस्ता चार–पाँचवटा विषयमा सरकारले सहजीकरण नगरेसम्म उद्योग खोल्न समस्या छ ।’

२४ वैशाखको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै औद्योगिक उत्पादन, विकास निर्माण र ढुवानी सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

उक्त बैठकले औषधि र स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा बिक्री–वितरण, खाद्य पदार्थलगायत कृषिजन्य वस्तुको उत्पादन तथा बिक्री–वितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री–वितरण, विकास आयोजनाका लागि आवश्यक पर्ने ढुंगा, गिट्टीलगायत वस्तुको ढुवानी, न्यूनतम बैंकिङ तथा वित्तीय सेवा सुचारु गर्न दिने निर्णय गरिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले खबर लेख्नुभएको छ ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार ०७:४८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...