back
NMB ad

आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने

Kumari bank ad

काठमाडौं । आइतबारदेखि उपत्यकामा गाडी चाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो।

हिजो काठमाडौं उपत्यकाका सिडिओ, सुरक्षा निकायका डिआइजी र महाशाखाबीच भएको बैठकले निर्णय गरेको हो र गृह मन्त्रालयले पनि स्वीकृति दिइसकेको उहाँले भन्नुभयो ।

सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएका छ । त्यस्तै, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने ढकालले जानकारी दिनुभयो ।

कुनै अत्यावश्यक काम परेर निस्कनु परेमा प्रहरीलाई जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । ‘बजारमा हल्ला भएको जस्तो बिनाकाम निस्कन पाउने होइन। ।सरकारले तोकेको संस्थाहरू पनि सामाजिक दूरी कायम गरेर तोकेको समयमा मात्र यात्रा गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १८:१० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...