back
NMB ad

यी हुन् आजदेखि सञ्चालन हुने सरकारी कार्यालय

Kumari bank ad

काठमाडौं । लकडाउनकैबीच आजबाट अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय सञ्चालन हुने भएका छन् ।

गत २४ वैशाखको मन्त्रिपरिषद निर्णय अनुसार बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आउँने प्रधानमन्त्री कार्यालयको सचिव तथा उच्चस्तरीय समन्वय समितिको सदस्य सचिव नारायण विडारीले जानकारी दिए ।

विडारीले भने ‘अत्यावश्यक सेवा ऐनले निर्देश गरेका अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा संस्थान आजबाट सञ्चालनमा आउनेछन् । त्यसमा पनि सामाजिक दूरी कायम राखी एकतिहाइ कर्मचारीलाईमात्र परिचालन गरी सरकारी कार्यालय सञ्चालन गरिनेछन् ।’

विडारीका अनुसार आजबाट खानेपानी आपूर्ति, खाद्य संस्थान, टेलिफोन, बिजुली, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने सरकारी कार्यालय तथा संस्थान आजदेखि सञ्चालनमा आउने छन् ।

उनले भने, ‘अहिले आम सर्वसाधारणलाई सहज होस भन्ने उद्देश्यले नभइ नहुने सेवाका क्षेत्र खुल्नेछन् । अहिले आवश्यक नभएका सरकारी कार्यालय भने खुलाइने छैन् ।’

ती कार्यालयले पनि आम सेवाग्राही आउने गरी नभई आन्तरिक र प्रकृयागत कार्यसञ्चालनका लागि कार्यालय प्रमुखले आवश्यकता अनुसार निश्चित तहका न्यूनतम कर्मचारी मात्र कार्यालयमा बोलाउन सक्ने व्यवस्था गरिएको विडारीले बताए ।

यस अनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा कम्पनीजस्ता कार्यालय भने आंशिक सञ्चालनमा आउनेछन् । ‘अवस्था हेरेर कार्यालको आवश्यकता अनुसार निश्चित स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर मात्र काम सञ्चालन गर्ने हो तर सेवाग्राही बोलाउने गरी ती कार्यालय सञ्चालन हुने होइनन,’ उनले भने ।

सरकारले कोरोनाको संक्रमण फैलन नदिन ११ चैतदेखि जारी गरेको लकडान आगामी ५ जेठ सम्म तय भएको छ । लकडाउन जारी गर्दा अत्यावश्यक सेवा बाहेकका कर्मचारीहरुलाई आवश्यक पर्दा कार्यालय आउन सक्ने गरी घरमै बस्ने गरी बिदा दिने निर्णय गरेको थियो ।

वि.सं.२०७७ वैशाख २८ आइतवार ०८:०१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...