काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित वन अधिकृत पक्राउ गरेको छ ।
नुवाकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा विदुर नगरपालिका-२ स्थित डिभिजन वन कार्यालयको कम्पाउन्डभित्र रहेको उनको निवासबाटै रकमसहित शनिबार अख्तियारको टोलीले पक्राउ गरेको हो ।
वि.सं.२०७७ वैशाख २८ आइतवार १४:५० मा प्रकाशित