back
NMB ad

मनकारी चौधरी, जसले बाँडे मुसहर तथा विपन्न परिवारलाई साढे दुई लाख बराबरको राहत

Kumari bank ad

सुनसरीे । केही दिनदेखी भोकै रहेका सुनसरीको इनरुवा ९ बबियाका मुसहर तथा विपन्न परिवारलाई यूएसमा बस्दै आउनुभएका कानुन चौधरीले राहत वितरण गर्नुभएको छ ।

लामो समयको लकडाउनले दैनिक जनमजदुरी गरी खानेहरुलाई हातमुख जोड्न समस्या भएको वडाले दिएको १० केजी राहत सकेर हप्तादेखी भोकै बसिरहेका उक्त परिवारलाई राहत वितरण गरिएको हो ।

चौधरीले युएसबाट पठाउनुभएको करिव दुई लाख ५० हजार रुपियाँ बजारको राहत आफ्नो जन्मथलो सुनसरीको इनरुवा ९ बबियाका स्थानीयहरुलाई वितरण गरिएको हो ।

चौधरीले बुवा स्व.बुद्धिलाल चौधरी, आमा स्व.रोजनी थरुनीको नामबाट राहत वितरण गर्नुभएको हो । इनरुवा नगरपालिकामा उदाहरणी रुपमा भोको पेटका लागि बास्तवीक पिडितहरुलाई खोजेर राहत वितरण गरेको छ ।

सुकुम्बासी, जनमजदुरी गर्ने र विपन्न घरपरिवारलाई चौधरीले पठाएको रकमबाट दाजुभाई भुनेश्र चौधरी, किसोर चौधरी, बैहीनी सिता र गिता चौधरीले आफ्नै घरबाट राहत वितरण गरिएको हो ।

नगरपालिकालाई राहत हस्तान्तरण गर्दा राहत वितरण ढिलो हुने भएकाले व्यक्तिगत रुपमै घरबाटै राहत वितरण गरेको कानुन चौधरीकी बहिनी सिता चौधरीेले जानकारी दिनुभयो ।

इनरुवा ९ का एक सय ५० परिबारलाई २५ किलो चामल, १ प्याकेट नुन र १ लिटर खाने तेल लगायतका खाद्य सामग्री वितरण गरिएको चौधरीले जनकारी दिनुभयो । राहत पाएपछि स्थानीयहरुले खुशी व्यक्त गर्दै दातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७७ वैशाख २९ सोमवार १७:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...