back
NMB ad

‘भारतसँग सधैँ बाझेर सकिँदैन, सीमामा पर्खाल र काँडेतार लगाऊँ’

Kumari bank ad

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगको सीमामा तारबारको कुरा उठाएपछि यसले बहसको रुप लिएको छ ।

पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपालले सोमबार बसेको अन्तराष्ट्रिय समितिको बैठकमा सिमानामा काँडेतार लगाउन प्रस्ताव गरेका थिए । त्यही प्रस्तावमा समर्थन जनाउँदै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका शंकर पोखरेलले खुला सीमाकै कारण कोरोना संक्रमण बढेको पनि तर्क गरेका छन्।

’कोभिड-१९को महामारीविरुद्धको लकडाउन र सीमा नाका बन्द गर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सीमाको जटिलता महसुस गराएको छ’, उनले भनेका छन,’पछिल्लो समय नेपालमा कोभिड-१९ का संक्रमितहरु बढ्नुको मुख्य कारण असुरक्षित तरिकाले सिमापारीवाट लुकिछिपी आउनु पनि हो।’ ’भारतसँग सधैँ बाझेर सकिँदैन, सीमामा पर्खाल र काँडेतार लगाऊँ’ पोखरेलले भन्सारबिन्दुबाहेक अन्यत्र आउजाउ रोक्नै पर्नेमा जोड दिए ।

’भन्सारबिन्दुका नाकाबाहेक अरु ठाउँबाट आउजाउ रोकिने अवस्था रहेको भए कोभिड-१९को संक्रमण नियन्त्रण गर्न सहज हुने थियो’, उनले भनेका छन, ’तसर्थ सीमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थप गरेर भए पनि नेपाल-भारत सिमानामा तारवार गर्नु आवश्यक छ।’ पोखरेलले अब भारतसँग हुने वार्तामा यसलाई प्रमुखताका साथ उठाउनुपर्ने माग गरेका छन्।

’नेपाल-भारत सीमा समस्याको समाधानका लागि हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनु पर्दछ’, उनले भनेका छन, ’सामयिक र दुरगामी महत्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदय देखिनै धन्यवाद!’ मुख्यमन्त्री पोखरेलले भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नेपाल छिरेका कपिलवस्तुका १० भन्दा धेरै नागरिकमा कोरोना संक्रमण देखिएपछि यस्तो कुरा उठाएका हुन्। नेपालको तराई क्षेत्रका जिल्लामा भेटिएका कोरोना संक्रमित भारतबाट लुकेर आएका धेरै छन्।

 

वि.सं.२०७७ वैशाख २९ सोमवार १८:३६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...