back
NMB ad

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, आजदेखि रेलसेवा शुरु

Kumari bank ad

एजेन्सी । भारतमा मंगलबार (आज) देखि यात्रुवाहक रेल सेवा सञ्चालन हुँदैछ । कोरोनाभाइरस संक्रमणका कारण बन्द भएको रेल सेवा केन्द्र सरकारको निर्णयमा झण्डै २ महिनापछि शुरु हुन लागेको हो ।

कोरोनाको संक्रमण बढिरहेकै अवस्थामा रेल सेवा सुरु गरेकोमा कतिपय राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७० हजारभन्दा बढी छ भने दुई हजार दुईसय जनाको मृत्यु भइसकेको छ । तेस्रोपटक थपिएको बन्दाबन्दी १७ मेमा सकिँदैछ ।

तत्कालका लागि दिल्लीबाट राँची, चेन्नई, मुम्बई, पटना, विलासपुर, जम्मूलगायत १५ गन्तव्यका लागि मात्र रेलसेवा सञ्चालन हुनेछ । भारतको रेलसेवा सार्वजनिक यातायातका लागि प्रमुख सेवामा पर्दछ ।

रेलसेवा सञ्चालनका लागि गृहमन्त्रालयले रेलसेवा सञ्चालन विशेष निर्दे्शिका जारी गर्दै कोरोनाभाइरसको लक्षण नभएका यात्रुले मात्रै यात्रा गर्न पाउने भनेको छ ।

त्यसका लागि पहिले नै टिकट लिनुपर्नेछ भने सामाजिक दुरी कायम र मास्क अनिवार्य लगाउनुपर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:२० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...