धादिङ । धादिङको गल्छि गाउँपालिका ८ कटुवालपौवाका ३६ जनामै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
स्थानिय एक महिलामा कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी सँग सम्पर्कमा रहेका घर तथा माईतिपक्षका ३६ जनाको शनिबार स्वाब सँकलन गरि परिक्षणका लागि टेकुु अस्पताल लगिएको थियो ।
आईतबार बेलुका आएको रिपोर्टमा सबैको कोरोना नेगेटिभ देखिएको गल्छि गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । यसअघी सँक्रमित महिलाको श्रीमान् र छोराको स्वाब टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
वि.सं.२०७७ जेठ ५ सोमवार ०८:०२ मा प्रकाशित