back
NMB ad

बैंक र वित्तीय संस्था खुल्ने समय र बार निर्धारण, कुन दिन कति बजेसम्म खुल्ने ?

Kumari bank ad

दाङ । दाङका घोराही, तुलसीपुर र लमही क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु खुल्ने समय र बार निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले घोराही, तुलसीपुर र लमहीका बैंक तथा वित्तीय संस्थाहरु खुल्ने बार र समय तोकेको हो ।

जसअनुसार घोराही र लमहीमा साताको दुई दिन सोमबार र बिहीबार बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्न दिने निर्णय भएको हो ।त्यसैगरी, तुलसीपुरका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार बिहान १० देखि दिउँसो २ बजेसम्म खोल्न दिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कोरोना संक्रमण रोकथामका लागि चालिएका सावधानीलाई अनिवार्य पालना गर्दै सेवा लिन र सेवा दिनसमेत समितिले आग्रह गरेको छ । साथै बैंक तथा वित्तीय संस्थाहरुलाई भिड हुन नदिन र भौतिक दूरी कायम गर्ने विषयमा बैंक तथा सेवाग्राहीलाई आग्रह गरिएको हो ।

यसअघि दाङमा खाद्यान्न र निर्माण सामग्री खरिदका लागि पनि बार र समय निर्धारण भइसकेको छ ।

वि.सं.२०७७ जेठ ५ सोमवार १२:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...