back
NMB ad

आठ जना सरकारी कर्मचारीसहित २० जनामा देखियो कोरोना पोजेटिभ

Kumari bank ad

काठमाडौं । जिल्ला अस्पतालमा सोमबार गरिएको ¥यापिट डाइग्नोस्टिक टेस्टमार्फत २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
सिन्धुली अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी, कर्मचारी र अन्य ८  जना जिल्लाका सरकारी कर्मचारीको रिपोर्ट पोजेटभ आएको हो ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार आरडिटी गरिएका १ सय ५९ जनामध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पोजेटिभ देखिएका २० जनाकै पिसिआर परीक्षणका लागि मंगलबार थ्रोट स्वाब संकलन गरेर पठाइने तयारी भइरहको शाहले बताए । सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्नराज भण्डारीका अनुसार अस्पतालमा कार्यरत १२ जनामा आरडिटी पोजेटिभ देखिएपछि अस्पतालमा सुरक्षामा कडाइ गरिएको छ ।

अस्पतालमा अहिले अत्यावश्यकबाहेक अरु बिरामीहरुलाई प्रवेशमा रोक लगाइएको अस्पताल विकास समितिका अध्यक्ष प्र्रह्लाद पोख्रेलले बताए।

पोजेटिभ देखिएकाहरुको स्वाब संकलन गरेर हेटौंडा अथवा काठमाडौं पठाइनेबारे छलफल भइरहेको छ। उनीहरुलाई क्वारेन्टाइनमा राखिने अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले बताए। तर क्वारेन्टाइन मापदण्ड अनुसारको नहुँदा समस्या भएको उनले बताए।

वि.सं.२०७७ जेठ ५ सोमवार १९:३७ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...