काठमाडौ । प्रतिनिधिसभाका एक सांसदले प्रधानमन्त्री केपी ओलीको जोस जाँगर कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । सांसद पार्वती डिसी चौधरीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै यस्तो प्रश्न गरेकी हुन् ।
उनले ‘संविधान संशोधनको प्रस्ताव कहिले ल्याउने ? भारतबाट आउन चाहने नेपालीहरुलाई ल्याउने हो कि होइन ? सीमामा पीसीआर टेस्ट बृहद बनाउने योजना के छ र प्रधानमन्त्रीमा जोस जागर र तागत देख्छुु यो कहाँबाट आउछ ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।
उनले प्रधानमन्त्रीको जोस जाँगर तागत कहाँबाट आउछ भन्ने प्रश्न गर्दा संसद हल हाँसोले गुञ्जायमान बनेको थियो ।
वि.सं.२०७७ जेठ ६ मंगलवार १४:१५ मा प्रकाशित