back
NMB ad

प्रदेश १ मा ५९ जना कोरोना संक्रमित

Kumari bank ad

विराटनगर । प्रदेश १ का १४ मध्ये ७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । सात जिल्लामा कोरोना फैलिँदा संक्रमितको संख्या ५९ पुगेको छ ।

वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा एकै पटक १२ जना जमातीमा देखिएको कोरोना संक्रमण एक महिनामा ७ जिल्ला सम्म पुगेको हो ।

हालसम्ममा उदयपुर, झापा, भोजपुर, मोरङ, धनकुटा, खोटाङ र सुनसरीमा कोरोना संक्रमण फैलिएको छ। प्रदेश १ का तराई मधेसका जिल्ला बाहेक पहाडका दुई जिल्ला धनकुटा र भोजपुरमा मात्रै कोरोना संक्रमण फैलिएको छ।

धनकुटामा बिरामीबाट कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । भोजपुरमा जिल्ला बाहिरबाट गएका युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी कोरोना जितेर डिस्चार्ज समेत भइसकेका छन् ।

उदयपुर, झापा, मोरङ र सुनसरीमा भारतबाट नेपाल आएकामा धेरैमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउँछन् । खोटाङका संक्रमित युवक भने काठमाडौबाट घर फर्किएका थिए। उनलाई काठमाडौबाट फर्किँदै कोरोना संक्रमण भएको आशंका स्थानीय जनप्रतिनिधिको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईका अनुसार संक्रमित २० वर्षीय युवक गत वैशाख १२ गते काठमाडौंबाट घर आएका थिए । उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । सात जिल्लामा कोरोना संक्रमण फैलदा संक्रमितको संख्या ५९ पुगेको छ ।

सबैभन्दा बढी उदयपुरमा ३३ जना संक्रमित छन् । त्यसपछि झापामा १२, धनकुटामा ६, मोरङमा ४, सुनसरीमा २, खोटाङ र भोजपुरमा १(१ जनामा संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

संक्रमित मध्ये १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।बाँकी सबैको विराटनगरस्थित कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ। अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७७ जेठ ७ बुधवार ११:५८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...