back
NMB ad

अब प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाउने

Kumari bank ad

बुटवल । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ ।

त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म र्पुयाउन पाउने जनाउँदै बुटवलले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

बुटवलका १९ वटै वडामा उत्पादन हुने तरकारी तथा फलफूल र बुटवलसंँग जोडिएका छिमेकका पालिकामा उत्पादन भएका र त्यहाँका पालिकाबाट ताजा तरकारीको प्रमाणपत्र लिएर किसानले नै उपभोक्ताका घरटोलसम्म बिक्रीवितरण गर्न पाउने नियम बनाइएको छ ।

स्थानीय किसानलाई हौसला र उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले उपमहानगरले यस्तो कामको थालनी गरेको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

टोलटोलमा असुरक्षित तरिकाले जोकोही पनि अब हिंँड्न पाउने छैनन् । आफूले उत्पादन गरेको र सम्बन्धित पालिकाले प्रमाणीकरण गरेका ताजा उत्पादनलाई मात्रै सामाजिक दूरी कायम गराउँदै बिक्रवितरण गर्ने व्यवस्था गर्दा त्यसको सकारात्मक लाभ किसान र उपभोक्ता दुवैलाई पुग्ने प्रमुख सुवेदीको विश्वास छ ।

उपभोक्ताको जीउधन र स्वास्थ्यलाई ध्यानमा राखी गरिएको यसखालको निर्णय सकारात्मक रहेको बताउँदै उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ नं का अध्यक्ष तेजकुमार पाठकले कोरोना भाइरसको महामारीका बेला सुरक्षाको उपाय अपनाउँदै उपभोक्ताको स्वास्थ्यलाई प्राथिमकतामा राख्नु उचित भएको विचार राखे ।

उपमहानगरभित्रको भए सम्बन्धित वडा कार्यालयले तथा छिमेकका पालिकाको भए त्यहाँको पालिकाले जाँच गरेर योग्य छ भनी दिएको सिफारिसशका आधारमा मात्र बुटवलका टोलटोल र उपभोक्ताका घरघरमा डुलाएर बिहान ७ देखि १० बजेसम्म बिक्रीवितरण गर्न पाइने नियम बनाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

बुटवलका किसानलाई पहिलो प्राथिमकतामा राखिए पनि सार्वजनिक सूचनाले अरु कुनै पालिकाले बिक्रीवितरण गर्न नपाउने भन्ने नियम नबनाइएको बरु सबैलाई उपभोक्ताको स्वास्थ्यमा थप जिम्मेवार एवम् संवेदनशील बनाउने काम गरेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । -रासस

वि.सं.२०७७ जेठ ८ बिहीवार १७:३० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...