back
NMB ad

संविधान संशोधन गर्ने सरकारको निर्णय, नयाँ नक्सा कार्यान्वयनका लागि निशान छाप परिवर्तन गर्ने तयारी

Kumari bank ad

काठमाडौं । सरकारले संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जेठ ७ गते जारी नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्शालाई निशान छापमा समेट्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको हो ।

सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा,कालापानी र लिपुलेक समेत समेटेर नेपालको नयाँ तयार पारेको थियो । यस अघि जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्शालाई स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद् बैठकको स्वीकृतपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जेठ ७ गते नक्सा सार्वजनिक गर्नुभएको थियो ।

नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छापसम्बन्धी व्यवस्था रहेको छ । छापको बीचमा नेपालको नक्शा छ, जसमा भारतद्वारा अतिक्रमित लिम्पियाधुरा लगायतको भूभाग समेटिएको छैन ।

संघीय संसदको दुई तिहाई बहुमतले संविधान संशोधन गर्नसक्ने व्यवस्था छ । प्रतिनिधिसचाको १३ गते बस्ने बैठकमा यो संविधान संशोधनको प्रस्ताव पेश गरिने छ । यस विषयमा नेपालका सबै राजनीतक दलको एउटै धारणा रहेकोले दुई तिहाई बहुमतबाटै पारित हुने सम्भावना छ ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार १३:२६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...