काठमाडौं । शनिबार विहान काठमाडौंमा एक् जनासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंसहित कपिलवस्तु, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । मन्त्रालयका अनुसार, सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका हुन् ।
वि.सं.२०७७ जेठ १० शनिवार ०९:२८ मा प्रकाशित