काठमाडौं । सल्भ लघुवित्त वित्तीय संस्थाले जेठ २६ गते विशेष साधारण सभा बोलाएको छ । सल्भ लघुवित्त वित्तीय संस्थाले जीवन विकास लघुवित्तसँग विलय हुनका लागि विशेष साधारण सभा गर्न लागेको हो ।
जीवन विकास लघुवित्तसँग विलय हुन लागेको सल्भ लघुवित्त वित्तीय संस्था जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्त एक आपसमा गाभिदैं छन् ।
मर्जरपछि जीवन विकास लघुवित्तको नामबाट कारोबार हुने गरी सल्भ लघुवित्तले साधारण सभाबाट मर्जर प्रस्ताव पारित गर्नेछ । मर्जर सम्बन्धि सम्पूर्ण कार्य गर्न गराउन सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
सल्भ लघुवित्तले केन्द्रीय कार्यालय धनकुटामा अपरान्ह १२:३० बजे सभा बोलाएको हो । जीवन विकास लघुवित्तले भने मर्जर सम्बन्धी प्रस्ताव जेठ २५ गते विशेष साधारण सभा मार्फत पारित गर्ने जानकारी दिएको छ ।
यी दुई सँगै मर्जरमा जान लागेको गरिबी न्यूनिकरण लघुवित्तले भने हालसम्म विशेष साधारण सभा गर्ने जानकारी दिएको छैन ।
वि.सं.२०७७ जेठ ११ आइतवार १५:४८ मा प्रकाशित