back
NMB ad

फेरि थपिए बूढानीलकण्ठमा कोरोना भाइरसका नयाँ संक्रमित

Kumari bank ad

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा थप एकजनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए ।

कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको ‘आइसोलेसन’मा राखिएको बताइएको छ ।यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुईजना पुगेका छन् ।

यसअघि, सर्लाहीको रामनगर स्थायी घर भइ हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङचोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि तेञ्जिङचोक क्षेत्र तीन दिन ‘सिल’ गरी युवतीको सम्पर्कमा आएका आठजनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट नेगेटिभ’ आएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगन्जबाट काठमाडौं आएका १२ पुरुषलाई नगरपालिका–७ स्थित छहारी भवनको ‘क्वारेन्टाइन’मा राखेको थियो । ती पुरुषको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए । रासस

वि.सं.२०७७ जेठ १२ सोमवार १४:३१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...