
काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार विहान १२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै अब कर्णालीमा संक्रमितको संख्या २३ पुगेको छ ।
कर्णाली प्रदेशमा नौ दिनअघि पहिलो कोरोनाभाइरस संक्रमित भेटिएका थिए । सोमबारसम्म त्यहाँ ११ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । मंगलबार विहान थप १२ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो । यो सुर्खेतका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरुको रिपोर्ट आएको हो ।
मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका छन् । यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ । कर्णाली प्रदेशको दैलेखमा ८ जना कोरोनाभाइरस संक्रमित भेटिइसकिएका छन् ।
वि.सं.२०७७ जेठ १३ मंगलवार ०८:३८ मा प्रकाशित