back
NMB ad

विभिन्न ३१ प्रकारका औषधि उत्पादन तथा बिक्रीमा प्रतिबन्ध

Kumari bank ad

काठमाडौं । दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ प्रकारका मधुमेहका औषधि उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

कोरियाको जनस्वास्थ्य निकायले मंगलबार दिएको जानकारी अनुसार ‘कार्सिनोजिन’ को मात्रा रहेको र यसको प्रयोगले क्यान्सरको जोखिम रहने अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो ।

ती सबै मेटफर्मिनमा आधारित औषधि हुन्। यी सबै टाइप–२ को बिरामी अर्थात वयस्क विरामीहरूका लागि सिफारिस हुने औषधि हुन्।कोरियाली खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिहरूमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए नभएको परीक्षण भइरहेको बताएको छ।

‘परीक्षण भएकामध्ये ३१ औषधिमा एन–नाइट्रोसोडियम थाइलामाइनको मात्रा अनुमति दिइएको भन्दा बढी भएको पाइएको छ,’ मन्त्रालयले भनेको छ।

औषधिजन्य उक्त पदार्थको मात्रा निकै थोरै भएकोले यसका कारण विगतमा औषधि सेवन गर्ने विरामीको स्वास्थ्यमा भने समस्या नहुने बताइएको छ।

प्रतिबन्धित गरिएका यी औषधिको सेवन गर्ने बिरामीको संख्या हाल कोरियामा दुई लाख ६० हजार रहेको उल्लेख गरिएको छ।जेडब्ल्यू फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्लेस–एम र ग्लाइमफोल चक्कीहरूजस्ता प्रतिबन्धित औषधिहरूमा ‘कार्सिनोजिन’को मात्रा बढी भेटिएको हो। रासस

वि.सं.२०७७ जेठ १३ मंगलवार १८:१८ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...