back
NMB ad

सरकारी कार्यालयदेखि थोक तथा होलसेल पसलसम्म : भोलिबाट यूएईमा खुल्दै छन् यी क्षेत्रहरु

Kumari bank ad

यूएई । यूएईको दुबईमा लकडाउन खुकुलो बनाइएको छ । दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै बुधबारदेखि लागू हुने गरी दुबईमा जारी कर्फ्युलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ । यसअघि साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

बुधवारबाट बिहान ६ बजेदेखि राति ११ बजेसम्म सबै खुल्ला गरिएको छ । दुबई बिमानस्थलबाट त्यहाँको आवसीय भिसा हुनेहरु गन्तव्यमा जान तथा ट्रान्जिट भिसा हुनेहरु रोकिन सक्नेछन् । त्यस्तै सरकारी सेवाका सबै कार्यालयहरु खुल्ला हुनेछन् ।

बिभिन्न शिक्षण संस्था तथा प्रशिक्षण केन्द्रहरु खुल्ला गरिनेछ । त्यस्तै दुबईका बिभिन्न सिनेमा हल, खेलकुद क्षेत्र, जीम हाउस, तथा क्लबहरु खुल्नेछन् । त्यस्तै थोक तथा होलसेल पसलहरु खुला गरिनेछ ।

त्यस्तै दुबईका स्वास्थ्यसेवामा यसअघि बन्द गरिएका नाक, कान, घाँटीका उपचार गरिने क्लिनिकहरु पनि खुल्नेछन् । यसरी खुल्ला गरिएको क्षेत्रमा आवातजावत गर्दा, कामकारबाही गर्दा अनिवार्यरुपमा सुरक्षाका उपाय अनिवार्य अपनाउनु पर्नेछ ।

मुखमा मास्क र हातमा ग्लोभ्स अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । यो व्यवस्था तत्कालका लागि दुबई राज्यमा मात्र लागू हुने यहाँको स्थानीय सञ्चारमाध्यम खालिज टाइम्सले लेखेको छ ।

वि.सं.२०७७ जेठ १३ मंगलवार १९:५८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...