back
NMB ad

अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोना भाइरसको खोप परीक्षण

Kumari bank ad

काठमाडौं । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।

अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिनेछ र यसको प्रभावकारिताका संकेतहरूको जाँच गर्नेछ, कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले बताउनुभयो ।

कोरोनाभाइरस विरुद्ध विश्वभर एक दर्जन प्रयोगात्मक खोपहरू परीक्षणका क्रममा रहेका छन् । प्रायः यी खोपहरु चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् । तर अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । यी खोप निर्माणमा भिन्न तरिका र उच्च प्रविधि अपनाइएका छन् ।

ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै भन्नुभयो, “हामी समानान्तर डोज बनाउँदैछौं र हामीले यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौं ।”

पशुहरुमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको छ । उहाँले नोभाभाक्सले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १.५ अर्ब डोज उत्पादन गर्न सकिने बताउनुभयो ।

ग्लेनले भन्नुभयो, “एनभिएक्स–कोभ२३७३ नाम दिइएको यस खोपको उत्पादन गर्न गत मार्चयता नर्वस्थित एक संस्थाले मार्च महिनायता ३८ करोड ८० लाख डलर लगानी गरेको छ ।”

मेलबोर्न र ब्रिस्बेनमा क्लिनिकल परीक्षणको पहिलो चरणको नतिजा जुलाईमा प्राप्त हुने अपेक्षा गरिएको नोभाभाक्सले जनाएको छ । धेरैवटा मुलुकका अरु हजारौं व्यक्तिलाई दोस्रो चरणमा समावेश गरिनेछ ।

अस्ट्रेलियाको सहयोगी संस्था न्यूक्लियस नेटवर्कका संक्रामक रोग विशेषज्ञ पल ग्रिफिनले मेलबोर्नमा छ जना स्वयंसेवीलाई खोप दिएर कार्यक्रम शुभारम्भ गरिएको जानकारी दिनुभयो ।

नोभाभाक्सका पदाधिकारीले गत महिना एसोसिएटेड प्रेससँगको भेटमा “हाम्रो खोप बनाउने तरिका भिन्न छ, हामी भाइरसलाई कहिल्यै छुँदैनौं” भनेका थिए । -एपी

वि.सं.२०७७ जेठ १४ बुधवार १३:४५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...