back
NMB ad

बिहीबारदेखि खुकुलो हुँदै लकडाउन : खुद्रा तथा होलसेल पसलहरु खुल्ने !

Kumari bank ad

साउदी । साउदी अरबले कर्फ्यु खुकुलो बनाउँदै लैजाने भएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार साउदीले २ महिनादेखि जारी कर्फ्यु विभिन्न चरणमा विभाजन गरी बिहीबारदेखि खुकुलो बनाउन लागेको हो ।

जसअन्तर्गत पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गरिनेछ । तर बाँकी समय लकडाउन हुने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । खुला गरिएको समयमा खुद्रा तथा होलसेल पसल र मलहरु खुल्नेछन् । तर सामाजिक दूरी भने कायम गर्नुपर्नेछ ।

यस्तै, पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायतका धेरै भीडभाड हुने क्षेत्रहरु भने बन्द नै रहनेछन् । त्यसैगरी, दोस्रो चरणमा मे ३१ देखि जुन २० तारिखसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला हुनेछ ।

तर, यी क्षेत्र र प्रान्तमा चल्ने सार्वजनिक यातायातका साधन भने बन्द नै रहनेछन् । रेष्टुराँहरु भने खुल्ने भएका छन् । तर पार्लर, सैलुन, जिम र हल लगायत भीडभाड हुने क्षेत्र भने दोस्रो चरणमा पनि बन्द नै रहनेछन् ।

यसैगरी, तेस्रो चरणमा जुन २१ पछिको समय मानिएको छ । यस अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्र खुला गर्ने बताएको छ । लकडाउन भन्दा अघिको सामान्य अवस्थामा लैजान विभिन्न योजना बनाइएको त्यहाँको सरकारले बताएको छ ।

लामो समय लकडाउन जारी रहँदा अर्थतन्त्रमा समस्या उत्पन्न हुँदै गएको छ । मानिसहरुको जनजीवन पनि बेस्सरी प्रभावित भएको छ । यसर्थ, सुरक्षाका पर्याप्त उपायहरु अपनाएर विस्तारै दैनिक जीवन सामान्य बनाउने रणनीतिमा सरकार पुगेको हो ।

वि.सं.२०७७ जेठ १४ बुधवार १५:११ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...